०९ बैशाख २०८२, मंगलबार

आत्महत्याको दर बढेपछि टोलसम्मै समिति बनाउने अभियान

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, भाद्र ०७, २०८१

ताप्लेजुङ – हरेक वर्ष आत्महत्याको दर बढेपछि जनचेतना अभिवृद्धिका लागि ताप्लेजुङमा टोलसम्मै समिति गठन गरिने भएको छ । नेपाल प्रहरी, स्वास्थ्य संस्था, शिक्षा लगायतका सरोकारवालाको सहकार्यमा समिति गठन गर्ने र चेतनामूलक कार्यक्रम गर्ने तयारी भएको हो ।

यसको नेतृत्व सदरमुकाममा जिल्ला प्रहरी कार्यालय र पालिका तथा वडामा प्रहरी चौकीले गर्ने छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार ताप्लेजुङमा पछिल्लो आर्थिक वर्ष २०८०\८१ म ४७ जनाले आत्महत्या गरेका थिए । जसमा ४१ जनाले झुन्डिएर, ५ जनाले बिस सेवन गरेर र एकजनाले औजारको प्रयोग गरेर आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । ०७९\८० मा ३८ र ०७८\७९ मा ३५ जनाले आत्महत्या गरे ।

नौ स्थानीय तह रहेको जिल्लाको फुङलिङ नगरपालिकामा सबैभन्दा वढी १२ जनाले आत्महत्या गरेका छन् । मेरिङदेन र आठराईत्रिवेणीमा ७\७ सिरिजङ्गामा ६\६, मैवाखोला र पाथीभरा याङवरकमा ४\४ सिदिङवा ३ फक्ताङलुङ र मिक्वाखोला गाउपालिकामा २\२ जनाले आत्महत्या गरेको उल्लेख छ । सामाजिक सङ्घ संस्था समेत समेटिएको समितिले वडामा यस्ता ब्यक्तिहरूको पहिचान गर्ने र काउन्सिलिङ लगायतका विधि प्रयोग गरी आत्महत्या गर्नबाट बचाउने प्रयास गरिने रावलले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066