१९ पुष २०८१, शनिबार

३८ वर्ष एउटै विद्यालयमा पढाएर बिदा भए डिबी सर

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, भाद्र १३, २०८१

ताप्लेजुङ – यस्ता बिरलै शिक्षक भेटिन्छन् जसले आफ्नो पुरै शिक्षण अवधि एउटै विद्यालयमा बिताउँछन् । त्यो पनि घरपायक वा सुगम नभएर दुर्गम क्षेत्रको । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा जन्म भई हाल मोरङको उर्लाबारी नगरपालिका ७ बसाइसराइ गएका डिक बहादुर खड्का (डिबी सर) ले आफ्नो शिक्षण अवधि भने ताप्लेजुङको फक्ताङलुङ गाउपालिका ७ ओलाङचुङगोलाको महेन्द्र आधारभुत विद्यालयमा बिताएका छन् ।

२०४२ साल फागुनमा शिक्षक जागिर खान फक्ताङलुङ गाउपालिका ५ तापेथोकको हेल्लोक पुगेका डिबीले एक महिना पार्वती निमाविमा पढाए । पञ्चायत बिरोधिहरुको लुक्ने र आन्दोलनका गतिविधि गर्ने त्यो ठाममा राज्यको पनि निगरानी थियो । त्यहा टिक्न उनले सम्भव देखेनन् । त्यसपछि सदरमुकाम फुङलिङ फर्किए र तत्कालीन जिल्ला शिक्षा अधिकारी बलराम पौडेल र सहायक जिसिअ खगेन्द्र बहादुर खड्कालाई आफू त्यहाँ बस्न नसक्ने जानकारी गराए । शिक्षक पाउन मुस्किल त्यो समयमा कार्यालयले पार्वतीलाई नियुक्तिको आधार मानेर ओलाङचुङगोलामा सरुवा गरिदियो । सरुवा पत्र बोकेर त्यही पार्वती स्कुल छेउको पैदल मार्ग हुँदै ओलाङचुङगोला गए । ४२ साल चैत १७ गते विद्यालय पुगेर हाजिर भए । जिल्ला परीक्षा उपसमितिले लिएको स्थायी पदपुर्तीमा उर्तिण भएपछि २०४५ साउन २५ गते उनको पदस्थापन पनि यही भयो । ६० बर्से उमेर हद त्यही पुर्याएका उनले २०८१ भाद्र १२ गते अनिवार्य अवकाश लिएर कर्मस्थल छोडेका छन् ।

५२ परिवारको बसोबास रहेको ओलाङचुङगोलाका बासिन्दाले उनको समयावधि सकिदैगर्दा घरघरमै बोलाए । आलोपालो मिलाएर खानपिन गराउँदै गलाभरी खादा पहि¥याएर बिदाई गरे । ‘३८ बर्स पुरा गरेर ३९ वर्षमा लाग्दै गर्दा बिदा भएँ,’ डिबीले भने, ‘बसेको ठाउँमा आफूले गुनासो गर्ने कुनै पाटो रहेन, उहाँहरूले पनि हिड्ने बेलामा ‘यत्तिको शिक्षक चाही पाउदैनौं’ भन्नु भयो ।’ गाउँलेले दिएको यही शब्दको उपाधि लिएर डिबी फर्किएका छन् । छिमेकी देश चीनको तिब्बत नजिकैको यो हिमाली बस्तीमा पुग्दा र छोड्दाको फरक अनुभुती उनै डिबीले ब्यहोरे । विद्यालय पुग्दा ६४ जनाको हाराहारिमा बिद्यार्थी थिए । एकै घरका ११ जनासम्मलाई उनले पढाए । सुरुमा छोरीको संख्या एउटै थिएन । छोरा मान्छेलाई खोज्न पनि गोठ÷गोठमा जानु पथ्र्यो । छोरीलाई पनि पढाउँ भनेर उनिहरु तत्कालीन प्रधानपञ्च चुङदा शेर्पाकोमा त धर्ना जस्तै बसे । पहिलो पटक उनै चुङदाले आफ्ना छोरी पढाउन स्कुल पठाएको डिबी बताउछन् । त्यसपछि छात्राहरुको लर्को लाग्न सुरु भयो ।

छोरी पढाउन समुदायलाई आकर्सित गरेको शब्द स्मरण गर्दै डिबीले भने, ‘जंगलमा बस्नुपर्छ, गोठ त बाढी पहिरोले लान सक्छ, शिक्षा कसैले लादैन, यहा पढेकोले जागीर पाउछन्, स्कुल पठाइदिनु होस ।’ उनले स्कुल छोड्दै गर्दा अहिले गाउमा केटाकेटी नगन्य छन् । एकाघरका ११ जनासम्म पढाएका उनले छोड्दैगर्दा तीनजना सम्मलाई पढाए । ‘दुईजना सम्म चाँही प्रायका छन्, धेरै हुनेको तीन जना भन्दा सन्तान छैनन,’ डिबीले भने, ‘भएकालाई पनि अग्रेजी शिक्षा पढाउन भन्दै काठमाण्डौं, दार्जेलिङ लैजाने ट्रेन अधिक छ ।’ छोड्दै गर्दा विद्यालयमा १३ जना बालबालिका रहेको डिबी वताउछन् । ‘प्राथमीक तहमा हामी समुदायले खोजेजस्तो अग्रेजी शिक्षा दिन नसक्ने चाही होइनौं,’ डिबीले भने, ‘तर त्यहाँ त लहड जस्तै चल्छ, एउटाले बाहिर पठाए अरुलेपनि पठाइहाल्छन्, रोक्नै नसक्ने भन्या ।’ धेरैका आफन्त युरोपियन देसमा भएका र उनिहरुले बोर्डिङ पढाउनकालागि स्पन्सर गरिदिएकाले त्यतै लगेर बोर्डस गरेको डिबी बताउछन् ।

डिबीले पढाएका बिद्यार्थी डाक्टर, दातको डाक्टर, स्टाफ नर्स, संरक्षण अधिकृत लगायतको सरकारी पदमा पुगे । गैर सरकारी निकायमा प्रसस्तै छन् । अधिकांस चाही युरोपतिर गए । ‘ओलाङचुङगोलाको मान्छे ब्यापार ब्यवसायमा बढी चासो राख्छन्,’ डिबीले भने, ‘सरकारी जागीरमा खासै रुची राख्तैनन ।’ त्यसैले त्यहाका अधिकांस बाहिर देश गएको उनले बताए । उनीसगै काम गरेका शिक्षक छत्रपति प्याकुरेल फुङलिङ नगरपालिकाको मेयर भए । आनो शिक्षण अबधिभरी ४३ जना शिक्षक स्टापसँग काम गरेका डिबी शिक्षक छोडेकाहरु ए ग्रेडको ठेकदार, राजनीतिज्ञ लगायतको जिम्मेवारीमा पुगेको बताउँछन् । एक दुई पटक घरपायक सरुवा जान चाहेपनि पहुच, पैसाको कुरा सुनेपछि खर्च नगर्ने भनेर ढुक्कले बसेको डिबीले बताए । डिबी फागुनदेखि असोजम्म विद्यालय नछोडि बस्थे । दसै बिदामा घर जान्थे र तिहारपछि फर्कन्थे । बर्खामा बिदा नहुने यहा हिउँदे बिदामात्रै हुन्छ । आउन जान बाटोको समस्या हुने भएकाले पनि ढुक्कले बस्ने गरेको डिबी बताउछन् ।

परिवार मोरङमा बसाई सरेपछि भारत दार्जेलिङकी महिलासग बिबाह गरेका उनले परिवार र छोराछोरीपनि घुमाउन गोला लगे । ‘मैले परिवारको मायाचाही त्यसपछि मात्रै पाए,’ डिबी भन्छन्, ‘ओलाङचुङ राम्रो नाम रहेछ आहा त्यहा बस्न पाउँदा भन्थे, पहिला घरजादा खासै वास्ता गर्दैन थिए, उनिहरु घुमेर फर्किपछि मेरो श्रीमान दुर्गममा बसेको रहेछ भन्ने लाग्यो की क्यारे परिवारको माया धेरै पाउन थाले ।’ परिवारले जसरी मिलाएरपनि सरुवा आउन समेत सल्लाह दिएको डिबी वताउँछन् । यहा बस्ताको अर्को फाइदा चाही सरकारले दुर्गम भत्ता दिएको छ । उनले आफ्नो तलब स्केलभन्दा ८० प्रतिशत वढी भत्ता पाए । नियमित चारजना शिक्षक, कार्यालय सहयोग िसमेतगरी पाँच जनासँग काम गरेका डिबीले छोड्ने बेलामा भने दरबन्दीमा दुई, शेर्पा भाषा शिक्षक एक र कार्यालय सहयोगी गरी चारजना कार्यरत थिए । डिबीले गोलामा बस्ता १९ वर्षमा १७ पटक कोठा फेरे । साना घर हुने यहा धेरैका कोठा हुदैन थिए । बाहिर गएका घरपरिवारका सदस्य वा पाहुना आउने भएपछि छोडिदिन अनुरोध गर्थे । यो समस्या जिल्ला शिक्षा कार्यालयलाई दर्साएपछि बिद्यालयको आवासगृह बनाए । त्यसपछि ९ वर्ष यता ढुक्कले बसे ।

विद्यालय जादा र झण्डै चार दशकपछि फर्कदा यातायातमा भने उनले खासै फरक अनुभुती गर्न पाएनन । अवकास हुदैगर्दा गोलाबाटै गाडिमा चढेर घर पुग्ने सपना उनको थियो । जाँदा सदरमुकाम फुङलिङवाट हिडेरै गएका उनले फर्कदापनि एकदिनको बाटो लेलेप सम्म हिडेरै फर्कनु पर्यो । सामान ओसार्न गाउलेले सहयोग गरिदिए । ओलाङचुङगोलामा मोटरबाटोको ट्रयाक पुगेपनि नियमित यातायात चल्ने भएको छैन । ‘जादा घरवाट आमाले लगाइदिएको चामल झोलामा बोकेर गएको थिएँ,’ डिबीले थपे, ‘पहिलो दिन लुङथुङ, दोश्रोदिन जोङगीनमा बास बसेर तेश्रो दिन बिहान पुगेको थिए, फर्कदापनि दुई दिन लाग्यो ।’ जाँदा खाना खाने ठाममा चामल दिएर खाना पकाएमाङने र दाउरा, तरकारीको पैसा दिने चलन थियो । फर्कदा पैसा बोके होटलमा खान प्रसस्त पाइने सुबिधा थपियो ।

सडक मार्गपनि पुगेकोले भविश्यमा ओलाङचुङगोला ब्यस्त पर्यटकीय गन्तब्य हुन्छ जस्तो अनुभुती डिबिलाई छ । ‘अहिले त टिप्ताला भञ्ज्याङ, सिजेमा ताल, साम्दो पोखरी जानेको संख्या ठुलो छ,’ उनले थपे, ‘मैले जिवन यही बिताउदा भौतिक प्रगती नदेखेपनि भबिश्य राम्रो हुन्छ जस्तो लागेको छ ।’ उनले पढाएका बिद्यार्थीहरु अहिले ब्यापार ब्यवसायका लागि बाहिर गएपनि पछि यही फर्कन्छन् जस्तो अनुभुती उनले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066