०७ बैशाख २०८२, आइतबार

हिंसा शब्दमा भट्टराई विरुद्ध खनिएका ताप्लेजुङका माओवादी नाबालक मृत्युमा मौन

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, भाद्र १४, २०८१

ताप्लेजुङ – प्रतिनिधिसभाका सांसद एवं एमाले सचिव योगेश भट्टराईले बुधवार सांसदमा प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द प्रति ताप्लेजुङका माओवादी पनि खनिए । जिल्ला इन्चार्ज खेल प्रसाद बूढाक्षेत्री देखि फक्ताङलुङ  गाउपालिका अध्यक्ष राजन लिम्बू र कार्यकर्ता तहसम्मले सामाजिक सञ्जालको प्रयोग गरेर भट्टराई लाई क्षमताले भ्याएसम्मको गाली गरे । माओवादी भातृ सङ्गठन वाइसिएल ताप्लेजुङले त विज्ञप्ति नै जारी गर्यो ।

माओवादी नेता कार्यकर्ताले गालीका क्रममा प्रयोग गरेका, लेखेका शब्दप्रति सामाजिक सञ्जालमै आलोचना गर्ने पनि भेटिए ।  त्यसैको भोलिपल्ट विहिवार दिउसो छिमेकी जिल्ला पाँचथरमा माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा बिस्फोट भयो । जसमा १० वर्षका दिप्सन र अढाई वर्षकी प्रिन्साको ज्यान गयो । यतिबेला भने माओवादी नेता कार्यकर्ता मौन देखिए । भट्टराई विरुद्ध खनिएका उनीहरूले भट्टराईलाई सुझाव दिएको, गाली गरेको त्यही सामाजिक सञ्जालमा दुख सम्म व्यक्त गरेको देखिएन ।

माओवादीका जिल्ला इन्चार्ज बूढाक्षेत्री संसदीय दलको नेता र कोशी प्रदेश इन्चार्जले यो विषयमा बोलिसकेको बताउँछन् । ‘मेरो कुरा गर्नु भएको हो भने म तेल्लोक गएको थिए, केन्द्रका नेताले बोलेको सुने हेरे,’ उनले भने, ‘बोल्नै पर्दा बोल्छु यो दुखद हो ।’ गृह मन्त्री रमेश लेखकले पाँचथरमा बिष्फोट भएको बम सशस्त्र द्धन्द्धकै समयको भएको प्रष्ट्याएका छन् ।

यतिबेला लुकाइएका हतियार र बिस्फोटक पदार्थको पूर्ण खोजी हुनुपर्ने आजपनि उठेको छ ।  मानव अधिकार आयोगले आफूहरूको ध्यानाकर्षण भएको पनि जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066