१९ पुष २०८१, शनिबार

साना उद्योग महासङ्घको अध्यक्षमा पुन भारती

Logo
Taplejung Press ताप्लेजुङ प्रेस आइतबार, भाद्र १५, २०८१

ताप्लेजुङ – घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा ताप्लेजुङको अध्यक्षमा पुन राजेन्द्र भारती चयन भएका छन् । शनिवार सम्पन्न नवौं जिल्ला अधिवेशनले भारतीलाई दोश्रो कार्यकालकालागि चयन गरेको हो ।
बरिष्ठ उपाध्यक्षमा नरबहादुर सुनाम, प्रथम उपाध्यक्षमा हर्कराज गुरुङ, द्वितीय उपाध्यक्ष मातृकादेवी प्रसाई चयन भएका छन् । अघिल्लो कार्यकाल महासचिव रहेका हर्कराज उपाध्यक्षमा गएपछि महासचिवमा पासाङरिता शेर्पा, सचिवमा कोपिला नेपाली, कोषाध्यक्षमा लिला सुनुवार चयन भएका छन् ।
२२ सदस्यीय समितिको सदस्यमा शान्ति मादेन, गोमा कार्की, मणि सेम्बू, जितमाया लिम्बू, कमल बिष्ट, ज्ञान प्रसाद भारती, मिलन नेपाली र सानुमाया लिम्बू चयन भएका हुन । यस्तै मनीषा भट्टराई, आशा लिम्बू आङबुहाङ, सनज्योती साँवा लिम्बू, भगीमाया गुरुङ, हर्कमाया गुरुङ, गणेश दाहाल, मानबहादुर गुरुङ चयन भएका छन् । सल्लाहकार संयोजकमा सन्तोष खतिवडा र सदस्यमा ज्ञानप्रसाद मिश्र र कुमार सिवा चयन भएका छन् ।
अधिवेशनको क्रममा संस्था स्थापना गरेर सञ्चालनमा ल्याएका खतिवडा, मिश्र र सिँवालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रममा उद्योग महासङ्घको प्रदेश अध्यक्ष अञ्जु उपाध्याय, केन्द्रीय महासचिव डम्बर रेग्मी, मोरङ अध्यक्ष चेतन निरौला, इलाम अध्यक्ष दिनेश श्रेष्ठ, उदयपुर महासचिव लेखबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066