

ताप्लेजुङ – ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डौले पाथीभरामा बन्ने केबलकार निर्माणका लागि समन्वय गर्ने भएको छ । १९ औं साधारण सभा तथा पा“चौ अधिवेशनबाट निर्वाचित अध्यक्ष बलबहादुर तामाङले यस्तो प्रतिकृया दिएका हुन् । उनी आइतवारको अधिवेशनबाट निर्वाचित भएका छन् ।
‘पाथीभरा केबलकारले व्यक्ति विशेष वा समुहलाई असर गर्छ जस्तो लाग्दैन,’ उनले भने, ‘त्यो केवल एउटा सवारीको साधन मात्रै हो, यसले वृद्धवृद्धा देखि तराई देखि आएका यात्रुहरुलाई ठुलो राहत पुग्छ र पाथीभरा जानेको संख्यामा वृद्धि गराउ“छ ।’ उद्योग वाणिज्य सङ्घका केन्द्रीय अध्यक्षले लगानी गरेको प्रोजेक्टमा भएको अवरोधले देश विदेशका लगानी कर्तामा नराम्रो सन्देश गएको तामाङको दावी छ । ‘काठमाडौँका कतिपय पढेलेखेका प्रोफेसरहरू समेत अवरोध गर्ने बाटोमा लागेको देखेको छु,’ उनले भने, ‘काठमाण्डौमा सांसद, पूर्व मन्त्री, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व सचिवहरू छन् सबैको भेला बोलाएर छलफल गर्ने वातावरण बनाउछौँ ।’
केबलकारमा समुदाय भन्दापनि एउटा समूहबाट विरोध भएको उनको दावी छ । ‘उद्योग वाणिज्य सङ्घका केन्द्रीय अध्यक्षले गरेको लगानीमा भएको अवरोधले ताप्लेजुङका मान्छेहरू राम्रा छैनन् भन्ने सन्देश बाहिर गएको छ,’ तामाङले थपे, ‘उद्योगी व्यापारी लगानी कर्ता नेपालका मात्रै नभएर बाहिर समेत त्यो सन्देश गएको छ त्यसैले आयोजना सञ्चालन गर्नेले डिपिआर प्रस्तुत गर्ने र विरोध गर्नेलाई पनि एक ठाममा बोलाएर छलफल गर्नु जरुरी देखियो ।’ सडकको पहु“चमा नभएकाले ताप्लेजुङले गरिबीमा बस्नुपरेको उल्लेख गर्दै उनले केबलकार पहाडी क्षेत्रमा अति आवश्यक चिज भएको उल्लेख गरे ।
अहिले झापा, इलाम, तेह्रथुम लगायतका जिल्लामा पाथीभरा मन्दिर बनाउने र भक्तजन आकर्षित गर्ने काम भइरहेको अवस्थामा केबलकार बनाउन नसके ताप्लेजुङलाई ठुलो क्षति हुने तर्क तामाङको छ । ‘स्विट्जरल्याण्ड र नेपाल उस्तै उस्तै हो । त्यहा“ हिउ“ पर्ने ठाउ“मा पनि केबलकार बनाएको छ । मेरो धारणा बनाउनु पर्छ भन्ने हो । बनाउनु हुदैन भन्नेलाई हिजोको जस्तो गोरेटो बाटो मै हिडौं भन्दा मान्छन् त ?’ तामाङको प्रश्न छ । पाथीभरा केबलकार निर्माणको जिम्मेवारी चन्द्र ढकालले लिएका छन् । तर निर्माण स्थलमा भएको अवरोधले काम वढाउन सकेका छैनन ।
सरोकार केन्द्र ताप्लेजुङमा जन्मेर काठमाण्डौंमा बसोबास गर्ने र ब्यापार ब्यवसाय गर्नेको संस्था हो । तामाङ यसअघि बैदेसिक रोजगार ब्यवसायि महासंघको अध्यक्षपनि भएका व्यक्ति हुन । स्थानीयले पाउने उपलब्धि र भुगोल नबिगार्ने गरी केबलकार बनाउन वकालत गर्नुपर्ने उनले प्रष्ट्याए । बिकास प्रकृया रोक्नु हुन्न भन्नेमा आफु प्रष्ट रहेको र सरोकार केन्द्र त्यसमा प्रष्ट हुने उनको कथन छ । केन्द्रको महासचिवमा अशोक प्यासि राई चयन भएका छन् ।
उपाध्यक्षमा नन्दु वनेम, महेश गुरागाई, सन्तोष मादेन, मिङमाडण्डु लामा, ज्ञानु ईजम, पदम आङ्बुहाङ, अशोक राई चयन भएका छन् । महासचिव अशोक प्यासी राई, उपमहासचिव मोहन योन्जन प्रेम गुरागाई, महेन्द्र पालुङ्गा, हरिसचन्द्र भट्टराई, चुडामणि गिरी, सचिव लोकमणी मेन्याङ्वो, देवि गिरी, निरज लिवाङ रहेका छन् । कोषाध्याक्षमा लोजक लामा र सहकोषाध्यक्षमा प्रकाशमणी गौतम रहेका छन् ।
अध्यक्ष वलवहादुर तामाङको फोटो पनि छ ।