०९ बैशाख २०८२, मंगलबार

तीन महिनापछि सुरु भयो ताप्लेजुङ काठमाण्डौं हवाई सेवा (अपडेट)

Logo
Taplejung Press ताप्लेजुङ प्रेस मंगलबार, भाद्र १८, २०८१

ताप्लेजुङ – नेपाल वायु सेवा निगमले बुधवार देखि काठमाण्डौं–ताप्लेजुङ हवाई उडान सुरु गरेको छ । क्याप्टेन उज्वल सिलवाल र अङकुर अर्याले चलाएको जहाजमा काठमाण्डौं वाट चार र ताप्लेजुङवाट दुई जना यात्रु गन्तव्यमा पुगेका छन् ।

निगमका ताप्लेजुङ कार्यालय प्रमुख नारायण कुमार कार्कीका अनुसार यो ज्येष्ठ ११ पछि भएको पहिलो उडान हो । मौसमका कारण उडान तालिका भएरपनि अहिलेससम्म उडान गर्न नसकिएको उनले बताए । अहिले ताप्लेजुङ– काठमाण्डौं उडान सातामा एकदिन बुधवार मात्रै रहेको छ । यात्रुको सङ्ख्या बढे उडान तालिका थप गर्ने कार्कीले बताए । यसअघि सातामा चारवटा सम्म उडान गरेको थियो । निगमले काठमाण्डौंवाट १३ र ताप्लेजुङवाट १६ जनासम्म यात्रु उडाउने गरेको छ ।

काठमाण्डौंवाट फ्युल भरेर आउनु पर्ने भएकाले यात्रु कम हुने तर ताप्लेजुङवाट फर्कदा फ्युल घट्ने भएकाले यात्रु बड्ने निगमले जनाएको छ । भाडादर भने नौ हजार चार सय रुपैयाँ रहेको छ । हवाईसेवा सञ्चालन हुँदा वृद्धवृद्धा र बिरामीलाई राहत पुग्ने गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066