ताप्लेजुङ – गत साउन २९ गतेको वर्षाले फक्ताङलुङ गाउँपालिका ६ लेलेपको तमोर नदी माथिको झोलुङ्गेपुल भत्काइदिए पछि तुइन लगाइएको छ । गाउँपालिका सँगको परामर्शमा स्थानीय रत्न कुमार श्रेष्ठले त्यही पुलको लट्ठामा अड्याएर तुइन लगाएका हुन ।
पर्यटकीय सिजन सुरु हुनै लाग्दा झोलुङ्गेपुल भत्किएपछि कञ्चनजङ्घा आधार शिविरका बासिन्दा चिन्तित भएका थिए । यो पुलले जापान टार र लामा टार जोड्छ । यही मार्ग भएर विदेशी तथा स्वदेशी नागरिक विश्वको तेश्रो अग्लो हिमाल रहेको कञ्चनजङ्घा क्षेत्र जाने गरेका छन् । पुल भत्किएपछि साढे तीन घण्टा घुमेर पुरानो बाटो भेट्न सकिन्थ्यो । बिदेसीलाई पाँच घण्टा बढी पैदल हिडेर घुम्नु पर्ने हुन्थ्यो ।
गाउँपालिका अध्यक्ष राजन लिम्बूले तुइन चढेर परिक्षण गरेका छन् । ‘रेमिट हाइड्रो पावरमा वल्डीङ गर्यौं,’ अध्यक्ष लिम्बूले भने, ‘भोलि केही होलाकी भनेर त्यहाँ गएर आफैँले परिक्षण गरे ।’ भरपर्दो गरी बनेको उनले बताए । रत्नले डोरी तानेर वारपार गराउने तुइन तरेको मूल्यभने मान्छेको प्रतिव्यक्ति एक सय र भारीको तौल हेरेर एकदेखि दुई सय रुपैयाँ सम्म शुल्क राखिएको छ । उनी आफैँले बनाएको र रोजगारी पनि हुने भएकाले न्यूनतम शुल्क राखिएको अध्यक्ष लिम्बूले बताए ।
भदौ अन्तिमदेखि यो क्षेत्रमा पर्यटकको यात्रा सुरु हुन्छ । असोज र कार्तिक महिनामा पर्यटकले ट्रेकिङ गछर्न । कञ्चनजङ्घा संरक्षण क्षेत्रका पर्यटन सहायक टाँसी शेर्पाका अनुसार असोज कार्तिक महिनामा छ देखि नौ सयको सङ्ख्यामा विदेशी आउने गरेका छन् । उनिहरुलाई घुमाउने, पकाउने, खुवाउने समेत गरी दुई हजार बढीले यो सिजनमा यात्रा गछर्न ।
समाचारको लागि फोटो पनि छ
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको जापान टार र लामा टार जोड्ने भत्किएको झोलुङ्गेपुल पुल र त्यही पुलको लट्ठामा बनाइएको तुइनको परिक्षण गर्दै गाउँपालिका अध्यक्ष राजन लिम्बू ।