ताप्लेजुङ – नेकपा एमालेको जिल्ला अधिवेशनमा पदाधिकारीमा पराजित भएकाले प्रदेशको सल्लाहकार देखि विभागीय जिम्मेवारी पाएका छन् । एमाले कोशी प्रदेश कमिटीले जिम्मेवारी तोकेको हो ।
अध्यक्षमा पराजित बलबहादर साम्सोहाङ र उपाध्यक्षमा पराजित छत्रपति प्याकुरेल लाई प्रदेश सल्लाहकार परिषदमा चयन गरिएको छ । यो पद कार्यकारी भने होइन । तर अव उनीहरूले जिल्ला कमिटी बैठकमा सहभागी हुन पाउने एक नेताले बताए ।
सचिवमा पराजित मणि संकर पोमुलाई संस्कृति पर्यटन विभागको कोशी प्रदेश सचिव, उपसचिवमा पराजित सन्तोष प्रसाईंलाई प्रदेशको स्कुल विभाग सदस्य र उप सचिवमै पराजित शान्ता आङवोहाङलाई सामाजिक सेवा विभागको सदस्यमा चयन गरिएको छ । जिल्ला कमिटी अध्यक्षमा दावी गरेपनि उम्मेद्वार नभएका सन्तोष खतिवडाले प्रदेश कमिटी सदस्य मनोनयन भएका छन् । उनलाई फुङलिङ नगरपालिकाको इन्चार्ज तोकिएको छ । ‘पार्टीले दिने जिम्मेवारी यस्तै यस्तै हो,’ स्कुल विभागमा चयन भएका प्रसाईंले भने, ‘यति भएपछि पार्टीको जिम्मेवारीमा छैन भन्न मिल्दैन ।’