ताप्लेजुङ- फुङलिङ नगरपालिकाको निर्णय अनुसार विहिवार साना सवारी साधन (ट्याक्सी) लिएर वसपार्क पुगेका चालकले चिया दोकान, सुरक्षा र काउण्टरको माग गरेका छन् । विहिवार झण्डै एक दर्जनको हाराहारिमा साना सवारीका साधन पुगेका थिए ।
सवारीका साधन लिएर गएका चालकलाई जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा लगायत स्थानीयले खादा लगाएर स्वागत गरेका थिए । पहिलो पटक आफ्नो सवारी लिएर पुगेका चालकले खोइ चीया पिउने ठाउ भनेर प्रश्न गरेका थिए । उनिहरुले वसपार्क एकान्तमा भएकाले भरपर्दो सुरक्षा नभएसम्म बेलुका सवारीका साधन राख्न नसकिने प्रतिकृया दिएको स्थानीय वताउछन् । काउण्टरपनि सगै हुनेपर्ने प्रस्ताव उनिहरुले गरेका छन् ।
भाद्र २० गतेदेखि बस पार्कमा सवारी साधन राख्ने निर्णय गराएका नगरपालिका प्रमुख अमिर मादेन र उप प्रमुख भने बस पार्कमा पुगेनन् । नगर प्रमुख मादेन पाथीभरा क्षेत्रको खानेपानी हेर्न त्यतातिर गएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका असई टंक दाहालका अनुसार भाद्र २० गतेदेखि बसपार्कमा राख्ने नगरपालिकाको निर्णय कार्यान्वयन गराउन सबै चार चक्के सवारी साधनलाई त्यही अनुसारको जानकारी गराइएको छ । हाललाई काउण्टर यथास्थानमा बजारमै राख्ने,बस पार्कमा राखेका सवारी साधनले सदरमुकाम भित्र यात्रु चढाउन र छोड्न जाने गरिको निर्णय भएको नगरपालिकाले जनाएको छ ।
सुरक्षा पोष्टका लागि संरचना नबनेको नजिकमा पसल तथा होटल नभएको र सदरमुकामवाट भित्र भएकाले तत्काल बसपार्क वाटै सञ्चालन गर्न कठिन भएको यातायात ब्यवसायि बताउछन् । ब्यवस्थापन भए आफुहरु नियम मान्न तयार रहेको प्रतिकृया ब्यवसायिको छ । सदरमुकामको तोक्मे देखि बिरेन्द्र चोकको माथील्लो काउण्टर सम्म सवारी राख्ने गरिएको छ ।