ताप्लेजुङ – प्रतिबन्धित लागू औषध खैरो हिरोइन सहित तीन व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार भारतको बिहार राज्य अररिया थाना १२ घर भई फुङलिङ नगरपालिका ५ शिवालय मन्दिर क्षेत्रमा डेरा गरी बस्ने अमिर हम्जा अन्सारी, फुङलिङ नगरपालिका ५ का जगत श्रेष्ठ र अनुप गुरुङलाई पक्राउ गरेको हो ।
जगतले आफ्नै घरबाट प्रतिबन्धित खैरो हिरोइन बिक्री गरेको सूचनाका आधारमा पक्राउ गरिएको बस्नेतले बताएका छन् । चार वटा पोकामा ७० मिलिग्राम मोबाइल, नगद सहित पक्राउ गरिएको जनाइएको छ । उनीहरूको विषयमा आवश्यक अनुसन्धान गरी कानुनी प्रकृया अघि बढाउने प्रहरी कार्यालयले जनाएको छ ।