ताप्लेजुङ – मिक्वाखोला गाउपालिकाले वाक्नं ३ लिवाङका जनतालाई ग्यास सिलिन्डर र चुल्हो बितरण गरेको छ । वडाका ३ सय ८५ घर धुरीलाई खाना पकाउने प्रयोजनका लागि बितरण गरेको हो ।
गाउ“पालिका अध्यक्ष भक्त बहादुर कार्कीका स्वकीय सचिव धनेन्द्र थापाका अनुसार एक घर परिवारकालागि एक थान ग्यास र एक सेट चुल्हो बितरण गरियो । यसका लागि गाउपालिकाले २७ लाख र मेवा डेभलपर्स लिमिटेड १० लाख रुपैयाँ लगानी लगेका छन् । गाउपालिका अध्यक्ष भक्त बहादुर कार्की वडाका जनतालाई धूवाबाट मुक्त गराउन र दाउराको प्रयोग घटाउन बितरण गरिएको बताउछन् । ‘वडाका जनताको समयपनि बचत हुने र जंगलपनि संरक्षण हुने देखियो,’ कार्कीले भने, ‘धुवाका कारण आखाको समस्यापनि कम होला भन्ने आशा गरेका छौ ।’
यसअघि वडा नम्बर १ मा ग्यास सिलिन्डर चुल्हो तथा वाक्न २ मा इन्डक्सन चुल्हो बितरण गरिएको थियो । वाक्न ४ सावामा यसैवर्ष इन्डक्सन चुल्हो वितरणको योजना रहेको थापाले बताएका छन् । बितरण कार्यक्रममा वाक्नं ३ का वडाध्यक्ष मचिन्द्र कुमार लिम्बू लगायतको सहभागिता रहेको थियो