ताप्लेजुङ – नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङको प्रचार विभाग प्रमुखमा सन्तोष चाम्लिङ चयन भएका छन् । एमालेमा प्रचार विभाग प्रमुखलाई प्रवक्ताको रुपमा लिइन्छ । पार्टी सचिव समेत रहेका चाम्लिङले प्रचारको जिम्मेवारी पाएका हुन ।
सामान्यतया पार्टी सचिवले सङ्गठन विभागको जिम्मेवारी लिने र पाउने गरेका थिए । ताप्लेजुङमा सङ्गठन विभाग प्रमुख उपाध्यक्ष दिपेन पोमुले पाएका छन् । पार्टी अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फेले स्कुल विभागको जिम्मेवारी लिएका छन् ।
उपसचिव गोपाल न्यौपानेलाई वित्त तथा कोश नियन्त्रण विभागको जिम्मेवारी दिइएको छ । निर्वाचन प्रकृयामा उपसचिवसम्म मात्रै रहने एमालेमा अव उनले कोष व्यवस्थापनमा ध्यान दिनुपर्ने भएको छ । अर्का उपसचिव भिमादेवी ओझाले स्थानीय विकास विभागको जिम्मेवारी पाएकी छन् । फुङलिङ नगरपालिका उपप्रमुख समेत रहेकी ओझालाई स्थानीय तहकै जिम्मेवारी प्राप्त भएको एमाले नेताले बताएका छन् ।