ताप्लेजुङ – वर्षा सगैंको बाढीले पुल बगाएपछि अवरुद्ध मेची राजमार्गको अवलोकनकालागि सोमवार ताप्लेजुङको टोलीले हेवाखोला क्षेत्रको स्थलगत भ्रमण गरेको छ ।
कोशी प्रदेश सांसद तिलकुमार मेन्याङवो, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारान थापा र महासचिव कमल लिम्बू, पत्रकार महासङ्घका अध्यक्ष आनन्द गौतम लगायतको टोली पुगेका हुन ।
टोलीले पाँचथरको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय इलामका प्रमुख लगायतका व्यक्तिसँग भेट गरेर सडक खुलाउने विषयमा छलफल गरेको छ ।