१९ पुष २०८१, शनिबार

हेवाखोलामा हयुम पाइप राखेर डाइभर्सन गर्न  एक हप्ता लाग्छ ः सडक डिभिजन (भिडियो सहित)

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, आश्विन १४, २०८१

 

ताप्लेजुङवर्षा सगैंको बाढीले पुल बगाएपछि अवरुद्ध मेची राजमार्गको हेवाखोलामा ह्युम पाइप राखेर डाइभर्सन गर्न कम्तिमा एक हप्ता लाग्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ । इलाम देखिको पहिरो पन्साउँदै पाँचथरको हेवाखोला पुगेका सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले खोलामा अझैपनि पानीको मात्रा ठुलो रहेको र ह्युम पाइप लगायतका सामग्री झापाबाट ल्याउनु पर्ने भएकाले समय लाग्ने बताएका हुन् । 

उनले अवरुद्ध यातायात सञ्चालनकालागि पहिलो विधि ह्युम पाइप राख्नुनै भएको बताए । ‘इलामको माइखोला छेउमा सडक बिग्रीएको छ त्यहाँपनि बनाइरहेका छौँ,’ उनले भने, ‘पाँचथरको रमिते लगायतका स्थानमा पुरै सडक भत्काएकोले ट्रयाक खोलेर सामान्य यातायात चल्ने मात्रै बनाउन सकिएको छ, अव लोड गाडी ल्याउने गरिको सडक पनि बनाउनु पर्ने र सामानपनि ल्याउनु पर्दा समय लाग्छ ।’ भट्टराईले आफू फिदिममै बसेर काम गर्ने र दशैं अगाडिनै ठूला सवारी पनि चल्ने बनाउने प्रतिवद्धता जनाएका छन् ।

हेवाखोलाको पुल बगेपछि ताप्लेजुङ र पाँचथरका याङवरकहिलिहाङ गाउँपालिका सडक सम्पर्कबाट बिच्छेद भएको छ । कतिपयले त्यहाँसम्म गाडीमा गएर पैदल हिड्ने गरेका छन्भने कतिपय ताप्लेजुङकै मैवाखोलाका साँघु, बसन्तपुर हुँदै धरान तर्फ आउजाउ गरेका छन् । ताप्लेजुङमा आवतजावत ठप्प भएपछि कोशी प्रदेश सांसद तिलकुमार मेन्याङबो, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारान थापा र महासचिव कमल लिम्बू, लगायतको टोली हेवाखोला पुगेका थिए । टोलीले पाँचथरको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय इलामका प्रमुख लगायतका व्यक्तिसँग भेट गरेर सडक खुलाउने विषयमा छलफल र अनुरोध गरेका छन् । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066