

पाँचथर– मेची राजमार्ग पाँचथर सदरमुकाम फिदिमसम्म अझैँ खुल्न सकेको छैन् । रमिते छेउमा गएकोठुलो पहिरो खुलाउन प्रयास भएपनि खुल्न नसकेको हो । तीन दिन देखि बाटो खुलाउने प्रयास भईरहेको छ ।
बाटोनै बगाएका नयाँ ट्रयाक खोल्न खोजीएको छ । मेसिन लगाएर बाटो बनाउन खोज्दा पहाडनै हल्लिए जस्तो भईरहेको प्राविधिकले बताएका छन् । सोचेभन्दा बिपरित भएको सडक डिभिजनका कर्मचारीले बताए ।
बाटो खुलाउन प्रयास जारीरहेपनि कहिले खुल्छ भन्ने टुङ्गो हुन नसकेको पाँचथरका डिएसपि हेमन्त भण्डारीले बताए ।
चाडै खुल्छ भन्दा भन्दै बाटो नखुलेपछि यात्रुहरु हिडेर यात्रा गरिरहेका छन् । तर विरामी लगायतका समस्या भएको छ ।
लगातार राजमार्ग बन्दहुँदा दैनिक उपभोग्य बस्तुमा समेत समस्या हुने देखिन्छ । मेची राजमार्गको हेवा खोलाको बेलिब्रिज बगाएपछि सिङ्गो ताप्लेजुङ र पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङगाँउपालिको सडक सम्बन्ध विच्छेद छ । अवरुद्ध विद्युत सञ्चालन हुन सकेको छैन्
यो समाचार पाचथरवाट प्रकाशित केन्जो खवर बाट साभार गरिएको हो ।