१९ पुष २०८१, शनिबार

गतवर्ष ११ सय तीर्थयात्री आएको पाथीभरा जमरे औंसीमा सुनसान

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, आश्विन १६, २०८१

ताप्लेजुङ – दशैंको पूर्व सन्ध्यामा भएको वर्षा, बाढी पहिरोका कारण तीर्थस्थलहरू पनि सुनसान बनेका छन् । दशैंमा अधिक भिड लाग्ने पाथीभरामा बिहीवार जम्मा ६३ जनाले मात्रै दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका सूचना अधिकारी सन्तोष पुर्कोटीका अनुसार गतवर्ष यसैदिन ११ सय २८ जनाले दर्शन गरेका थिए । गतवर्ष असोज २८ गते जमरे औंसी रहेको थियो ।

अघिल्ला वर्षको तथ्याङ्क अनुसार असोज, कार्तिक, मंसिर र फागुन, चैत, बैशाखमा सबैभन्दा वढी तीर्थयात्री पाथीभरा आँउछन् । यो सिजनमा एकैदिन १३ हजारसम्म तीर्थयात्री आएको तथ्याङ्क रहेको क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेले जानकारी दिए ।

पाँचथरको हेवाखोलाको मोटरबेल पुल बगाएपछि र मेची राजमार्गको इलाम–फिदिम सडकखण्ड अवरुद्ध भएपछि सडक यात्रा कठिन बनेको छ । सरकारले अत्यावश्यक बाहेक हिँडडुल नगर्न अनुरोध गरेको छ । यात्रु स्वयंलाई हिँडडुलमा कठिनाइ रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066