२१ पुष २०८१, सोमबार

दशैं आयो

उत्सव मनाउँदै दशैंका लागि बिदा भए ताप्लेजुङका सामुदायिक विद्यालय

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, आश्विन १८, २०८१
दशैं आयो

ताप्लेजुङ — फुङलिङ नगरपालिका ८ खोप्रेको दिपज्योती आधारभुत विद्यालयले शुक्रवार दशैं पर्व मनायो । दशैंमा अभिभावले लगाइदिने जस्तै टिका शिक्षकले विद्यार्थीलाई लगाइदिए । राम्रो पढ्नु ज्ञानी हुनु भनेर आशीर्वाद दिए । शिक्षक आफुले पनि लगाए । त्योस“गै बालबालिकालाई दशैंमा गरिने कार्य र उत्सवको बारेमा जानकारी दिए । अनि हरेक दिन किताब हेर्न र गृहकार्य गर्न भन्दै विद्यालय बिदा गरे ।
यो अवसरमा गायन, नृत्य लगायतका कार्यक्रम गरेर बालबालिकाको प्रतिभा प्रस्फुटन पनि गरिएको थियो । विद्यार्थीलाई दशैंमा घरमा गरिने संस्कृति र नेपाली संस्कृतिको विषयमा जानकारी गराइएको प्रधानाध्यापक सिता निरौलाले जानकारी दिइन । जमराको रुपमा फुललाई प्रयोग गरेको उनले बताइन । पहिल्यै जमरा नराखेकोले त्यसको प्रयोग गरिएको उनले बताइन । यो अवसरमा बालबालिकालाई दही, चिउरा, केरा खुवाइएको विद्यालय प्रशासनले जनाएको छ ।


पहाडी क्षेत्रमा दशैंमा दही, केरा, चिउरा खानुपर्छ भन्ने मान्यता रहेको छ । सफा भएर आएका विद्यार्थीहरू यसमा रमाएको विद्यालयमा पुगेका अभिभावक भोला पौडेल बताउ“छन् । दिपज्योती जस्तै जिल्लाका अन्य सामुदायिक विद्यालय बिदा भएका छन् कतिपयले दशैंको शुभकामना विद्यालयमा आदान प्रदान गरेर बिदा भएका छन्भने कतिपय शुक्रवार दिनभरि पढाइ गरेर बिदा भएका छन् । शिक्षक महासंघ ताप्लेजुङका अध्यक्ष महेन्द्र प्रकाश गौतम विद्यालयले आफुअनुकुल रचनात्मक कार्यक्रम गरेर बिदा भएको बताउ“छन् । ‘कतिपयले पहिल्यै दशैं यस्तो हुन्छ भनेर देखाउने सिकाउने गरेका छन्, कतिपयले दशैं कसरी मनाइयो लेखेर ल्याउन, सम्झेर आएर विद्यालयमा प्रस्तुती दिनपनि भन्ने गरेका छन्’ गौतमले भने ।


कतिपय सामुदायिक विद्यालय अब तिहारपछि मात्रै लाग्नेछन् भने कतिपयले दशैं तिहारको बिचमापनि लगाउने गरेका छन् । पालिकाको निर्णय अनुसार हुने गरेको वाल सुवोधिनि सस्कृत माध्यमिक बिद्यालयका प्रधानाध्यापक युवराग वस्नेत बताउ“छन् । निजी विद्यालयले भने फुलपाति आसपास देखिमात्रै विद्यालय बिदा गर्ने गरेका छन् । अहिले परीक्षा सञ्चालन गरिरहेका छन् । निरौलाका अनुसार बिदा गर्नु अघि सामुदायिक विद्यालयले पनि त्रैमासिक परीक्षा गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066