१६ पुष २०८१, बुधबार

कक्षा सभापति बाट सुरु गणेश बाबुको राजनीति सचिवको भूमिकामा

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, आश्विन १८, २०८१
गणेश बाबु निरौला

ताप्लेजुङ — भानुजन माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा गणेश बाबु निरौला कक्षा सभापति भए । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना पछि नेपाल विद्यार्थी सङ्घ गठन गर्ने क्रममा विद्यालय मात्रै नभएर कक्षा कोठासम्म गठन गरिएको थियो । कक्षा ८ मा अध्ययनरत रहँदा २०४७ सालमा उनले यो जिम्मेवारी पाएका थिए । तिनै निरौलालाई नेपाली काँग्रेस जिल्ला कार्य समिति ताप्लेजुङले अहिले जिल्ला सचिवको जिम्मेवारी सुम्पिएको छ ।

काङ्ग्रेसको विधान अनुसार दुईजना सचिव रहने ब्यवस्था छ । तेरौं अधिवेशनमा युक हांबिर हाङगाम (डम्बर) र नन्द ओझा सचिवमा निर्वाचित भए । सभापतिमा निर्वाचित गजेन्द्र प्रसाद तुम्याहाङकै टिममा रहेका उनले अधिवेशनमा टिम जिताउन लागेपनि आफूले पदको दावी गरेनन् । सचिवमा निर्वाचित ओझा विदेशतिर लागेपछि सभापति तुम्याहाङले उनलाई यो जिम्मेवारी प्रदान गरेका हुन् । गोजिमा चकलेट बोक्ने र बालबालिकालाई चकलेट बाँड्दै ‘जय नेपाल’ भन्न लगाउने निरौला बारौं अधिवेशनदेखि केही समय निस्कृयपनि बसे ।

बारौं अधिवेशनमा उनी प्रताप प्रकाश हाङगामको समुहबाट सचिवको उम्मेद्वार बन्ने दाउमा थिए । तर त्यतिबेला उनी वडाबाट प्रतिनिधि छानिनमै रोकिए । सभापतिका प्रतिस्पर्धी हाङगाम, लिलादेवी बोखिम, पदम पालुङवा र तुम्याहाङ थिए । श्रोतका अनुसार उनलाई हाङगामको टिमबाट नउठ्न र बोखिमलाई सघाउन प्रस्ताव गरिएको थियो । त्यो मान्न तयार नभएपछि प्रतिनिधि छनौटबाट रोकिएका थिए । उनको निस्क्रियता त्यहाँबाट सुरु भयो । तेरौं अधिवेशनमा तुम्याहाङ सभापतिमा निर्वाचित भएपछि राजनीतिमा टर्न ओभर गरेका उनले ट्रेड युनियन जिल्ला सभापतिको जिम्मेवारी पुरा गरे ।

पदम पालुङवा सभापति हुँदा नेविसङ्घको उपसभापति तरुण दलको संस्थापक उपसभापति भएका उनले बारौं अधिवेशनमा जिल्ला कार्य समितिको सदस्यमा सर्वाधिक मत प्राप्त गरेका थिए । अबको अधिवेशनमा भने परिस्थिति अनुसार तयारी गर्ने उनको दबी छ । ‘म पाएको (सचिव) को जिम्मेवारी कुशलतापूर्वक पुरा गर्छु,’ निरौलाले भने, ‘त्यही अनुसार अगाडिको बाटो तय गर्छु ।’

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066