ताप्लेजुङ – नेकपा एमालेको आगामी नेतृत्वकालागि डम्वरध्वज तुम्वाहाम्फे र वलवहादुर साम्सोहाङ समुह वनाएरै आमने सामने हुने भएका छन । सन्तोष खतिवडा र गोपाल थोप्राले पनि अध्यक्षको उम्मेद्धार वन्ने घोषणा गरेका छन । तर उनिहरुले भनें समुह वनाएका छैनन ।
एमाले श्रोतका अनुसार डम्वरध्वज तुम्वाहाम्फेको नेतृत्वमा दिपेन पोमु उपाध्यक्ष, सन्तोष चाम्लिङ वा घनेन्द्र मादेन मध्ये एक सचीव, गोपाल न्यौपाने र भीमादेवी ओझा वा मिना केदेम मध्ये एक उपसचिवको उम्मेद्धार वन्ने तयारी छ ।
यता साम्सोहाङको नेतृत्वमा छत्रपति प्याकुरेल उपाध्यक्ष, मणी शंकर पोमु सचीव, सन्तोष प्रसाई र शान्ताकुमारी आङवोहाङ उप¬–सचिवको उम्मेद्धार वन्ने निश्चित भएको छ । उपाध्यक्षमा राधा पौडेल र उपसचिवमा टिका दाहाललेपनि उम्मेद्धार वन्ने वताएका छन । तर उनीहरुको समुहभनें खुलेको छैन ।
यसअघिनै अध्यक्षको उम्मेद्धार घोषणा गरेका खतिवडाले आफ्नो उम्मेद्धारी कायमै रहेको वताएका छन । विधानत एमालेमा गुट वनाउन नपाइने भएकाले कसैले गुट वनाएर उम्मेद्धार वन्न खोजेको भए त्यो अनचीत कार्य भएको उनको दावी छ ।