ताप्लेजुङ – नेपाली काँग्रेस कोशी प्रदेश सदस्य इन्द्र केदेमले पाथीभरामा बन्ने केबलकारका विषयमा पार्टीको धारणा मागेका छन् । सोमवार कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामको स्वागत कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा उनले पार्टीको धारणा मागेका हुन् ।
केदेम पछाडि बोलेका मन्त्री हाङगाम र सभापति गजेन्द्र प्रसाद तुम्याहाङले यो विषयमा जवाफ दिएनन् । यस अघि काठमाण्डौमा ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले गरेको कार्यक्रममा एमाले अध्यक्ष एबं संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फेले पनि काङ्ग्रेसको धारणा सार्वजनिक नभएकोमा आपत्ती जनाएका थिए ।
एमाले, माओवादी, रास्वपा लगायतका दलले पाथीभरा केबलकारका विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । तर काङ्ग्रेसले भने अहिलेसम्म मौनता साधेको छ ।