भिडियो ः जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ
ताप्लेजुङ – असोज १२ गते बिहानबाट अवरुद्ध पाँचथर हेवाखोलामा मालवाहक सवारी समेत तार्नेगरीको तयारी गरिएको छ । यसअघि साना सवारी मात्रै तर्ने गरिको तयारी भएपनि भारवहन ठूला सवारी समेत तार्नेगरिको संरचना बनाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताएका छन् ।
हिजो रातभरि तयार पारिएको डाइभर्सनमा परिक्षण गरेर सवारी तार्ने आचार्यले बताए । यो दिगो र भरपर्दो हुने विश्वास प्रशासनको छ । दशैंमा घर जाने तयारीमा रहेका प्राविधिक तथा मेसिन अप्रेटर, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले रातभरि काम गरेका थिए ।