२१ पुष २०८१, सोमबार

पाथीभरामा गरियो कालरात्री पुजा (भिडियो सहित)

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, आश्विन २४, २०८१

ताप्लेजुङ – पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा कालरात्री पर्व मनाएको छ । विहीवार मध्यरातमा कालो बोकाको बली दिएर कालरात्री पर्व विधिपूर्वक सम्पन्न गरिएको पाथीभराका पुजारी डिल्ली आचार्यले बताए ।

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले विहीवार दिनभरी निराहार बसेर मध्यरातमा पुजा विधि सम्पन्न गरेको बताए । पुजारी आचार्यका अनुसार पाथीभराको उत्पत्तिको इतिहास बली बाटै सुरु भएको छ । अहिलेपनि बली चढाउने प्रचलन रहेको छ ।

बाढी पहिरोका कारण यो बर्स तीर्थयात्रीको चाप कम भएकाले स्वयंसेवक परिचालन गर्नु नपरेको निर्देशक हाङवाङले बताए । दशैँपछि भिड बढ्न सक्ने भएकाले त्यही अनुसारको तयारी गर्ने उनको कथन छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066