
ताप्लेजुङ – असोज १२ गते बिहान पाँचथरको हेवाखोलाको पुल बाढीले बगाएपछि असहज बनेको ताप्लेजुङको जनजिवन सामान्यीकृत बन्दै गएको छ ।
जटिल बनेको डिजेल आइसकेको छभने पेट्रोलपनि बुधवार बिहानदेखि सहज हुने बिक्रेताले बताएका छन् । आशिका आयल सप्लायर्सका प्रोपाइटर तारा बराल बुधवार बिहानदेखि जतिपनि पाउने बताउँछन् ।
‘मङ्गलबार दिउसैदेखि बिक्री गर्ने गरी टेङकर आएको थियो, बाटोमा टायर पम्चर भएकाले आउन ढिला भयो बेलुकासम्ममा आइपुग्छ र बिहानदेखि सहज हुन्छ’ बरालले भने ।
डिजेलको टेङकर आइतवार आएको र आवश्यकता अनुसार पाइने उनले बताए ।