०९ बैशाख २०८२, मंगलबार

पाथीभरामा शनिबार, यो सिजनकै सबैभन्दा भिड, रोटी जस्तो लाइन लगाएर पुजा गराइदै

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, कार्तिक ०३, २०८१

ताप्लेजुङ – पाथीभरामा शनिवार यो सिजनकै सबैभन्दा वढी भिड लागेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिवार बिहान २ बजेदेखि तीर्थयात्रीले पुजा गरिरहेका छन् । यो भिड मध्यान्ह १२ बजेसम्ममा मात्रै सकिने महतले बताएका छन् ।

‘मन्दिर परिसरमा रोटी लगाएजस्तो लाइन लगाएर पुजा गराइरहेका छौ,’ महतले भने, ‘बाहिर गेटदेखिनै लाइन छ ।’ शनिवार सिजनकै सबैभन्दा बढी भिड भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेले जानकारी दिए ।

शुक्रवार देखिनै सवारी साधनले मानिसहर ओसारपसार गरिरहेका छन् । शनिवार बिहान सदरमुकाम फुङलिङबाट जानेको संख्या पनि त्यत्तिकै रहेको छ । यसअघि असोज २९ गते १४ सय ९५ जना दर्शनार्थी मन्दिर पुगेका थिए । असोज महिनामा ६ हजारले मन्दिर दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

असोज १० देखि १२ गतेसम्मको वर्षा र बाढीले मेची राजमार्ग तथा तमोर करिडोरको सडक अवरुद्ध भएपछि पाथीभरा आउनेको सङ्ख्या कम भएको थियो । सडक पुनर्निर्माण भई यातायात सहज भएसँगै तीर्थयात्रीको सङ्ख्यामा वृद्धि भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066