ताप्लेजुङ – सरकारले कोशी प्रदेशमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई जलनको उपचार निःशुल्क गर्ने भएको छ ।
२ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले कोशीमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनको उपचार गर्ने निर्णय गरेको हो ।
अस्पतालमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकको जलन उपचार व्यवस्था निःशुल्क गर्ने आइतबार सार्वजनिक मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।
अन्य प्रदेश अन्तर्गत मधेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा कीर्तिपुर अस्पताल, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा नेपालगञ्जस्थित भेरी अस्पताल, कर्णालीमा कर्णाली अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिकबाहेकको जलन उपचार व्यवस्था निःशुल्क गर्ने उल्लेख छ ।