२३ पुष २०८१, बुधबार

ताप्लेजुङमा देउसी भैलोको समय तोकिएन, होहल्ला नगर्न र पारिवारिक सामाजिक जनजीवनमा खलल नपुर्‍याउन आग्रह

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, कार्तिक १०, २०८१

ताप्लेजुङ – तिहार नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले देउसी भैलोलाई मर्यादित बनाउन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले एक विज्ञप्ति प्रकाशित गरी चाडपर्वका समयमा सार्वजनिक स्थलमा होहल्ला र झैझगडा नगर्न, मादक पदार्थ सेवन गरी पारिवारिक र सामाजिक जनजीवन साथै सार्वजनिक मर्यादा र शान्ति सुरक्षामा खलल पुर्याउने  गतिविधि नगर्न आग्रह गरेकी छन् ।

जिल्लाको समग्र शान्ति सुरक्षालाई दृष्टिगत गरी तिहारमा खेलिने देउसी भैलोलाई मर्यादित र व्यवस्थित बनाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ । जुवातास, लङ्गुबुर्जा नखेल्न नखेलाउन, भुइँचम्पा, पटका आतिसबाजी विस्फोटक तथा प्रज्ज्वलनशील पदार्थ प्रयोग र बिक्री वितरण नगर्न पनि आग्रह गरिएको छ ।

यसलाई बेवास्ता गरी सामाजिक सद्भाव भड्काउने, समाजको वातावरण प्रदूषित बनाउने, विपत्जन्य घटना निम्त्याउने जस्ता कार्य भए गरे कानुन बमोजिम कारबाही गर्नेपनि प्रस्ट्याइएको छ । विगतमा जस्तो देउसीभैलो का लागि समय भने निर्धारण गरिएको छैन ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066