

ताप्लेजुङ – चैत दोश्रो साता ताप्लेजुङ आएका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको सात महिनामै सरुवा भएको छ । उनलाई गृहमन्त्रालयमा तानिएको हो ।
ताप्लेजुङमा रौतहटको चन्द्र चन्द्रनिगाहापुर इलाका प्रशासन कार्यालयमा कार्यरत नेत्र प्रसाद शर्मालाई पठाइएको छ । सामान्यतया १० महिनादेखि एक वर्षमा सरुवा गर्ने प्रचलन रहेको छ ।
तर आचार्यको शुक्रवार सात महिनामै सरुवा भएपछि सोमवार जिल्ला छोड्ने भएका छन् । उनलाई आइतबार उद्योग वाणिज्य सङ्घ लगायतका सङ्घसंस्थाले प्रशासन कार्यालयमै गएर बिदाई गरेका थिए ।
सामान्यतया समय अगावै सरुवा भएका सिडियो तत्कालै जाने गरेका छन् ।