ताप्लेजुङ – सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचामा पनि वडाध्यक्षका लागि मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको प्रकृया अघि बढाउन जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङलाई परिपत्र गरेको हो ।
ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी वान्दव राज दुलालका अनुसार अव उपनिर्वाचनको प्रकृया अघि बढाइने छ । दुलालका अनुसार कात्तिक २६ गते निर्वाचन अधिकृत नियुक्त गरिने छ भने ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
हङकङ गएका वडाध्यक्ष दिलप्रसाद बोखिमले उतैबाट राजिनामा पत्र पठाएपछि गाउँपालिकाले स्विकृत गरेर निर्वाचन प्रकृया बढाइएको हो । निर्वाचन आयोगले कात्तिक ११ गतेमात्रै वाड्नं ३ सिकैचा र सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा वडाध्यक्षको निर्वाचन गर्ने निर्णय गरेको छ । बोखिमले नेपाली काङ्ग्रेसवाद वडाध्यक्ष जितेका थिए ।