ताप्लेजुङ – कोशी प्रदेशका सांसद एवं पूर्व मन्त्री तिलकुमार मेन्याङबोले पाथीभरा आएका तीर्थयात्रीले दुख पाएको गुनासो आएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
नेकपा एमाले फुङलिङ नगर कमिटीद्वारा आयोजित शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा उनले यत्तिका मान्छेका अगाडि कुरा राख्दा सम्बन्धित पक्षको ध्यान जान्छ भनेर आफूले कुरा राखेको पनि बताए ।
‘आठ नौ हजारको सङ्ख्यामा मान्छेहरू आइरहेका छन्, तर काफ्लेपाटीमा मानिसहरूले दुख पाइरहेका भन्ने गुनासो आएको छ,’ मेन्याङबोले भने, ‘म प्रशासन लगायत सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछु । त्यहाँ एक त खान वस्नको लागि पनि धेरै महङ्गो छ भन्ने कुरा आएको छ । गाडी चड्नकोलागि पनि सिण्डिटकको कुरा आएको छ । यो त ताप्लेजुङकालागि राम्रो कुरा भएन ।’
काफ्लेपाटीमा रहेका ब्यवसायि पनि ताप्लेजुङकै भएका र पाहुनाको सत्कारमा ध्यान दिनुपर्नेमा त्यो नभएको गुनासो सुन्नुपरेको मेन्याङबो दावी गरे । ‘त्यहाँ बस्ने साथीहरु पनि ताप्लेजुङकै साथीहरु हुनुहुन्छ । उहाँहरूले पाहुनाकालागि सेवा दिनुपर्ने सत्कार गर्नुपर्ने हो त्यो भएको छैन भन्ने ब्यापक गुनासो आएको छ,’ मेन्याङबोले थपे, ‘पाथीभरा प्रति मान्छेको जुन सम्मान सद्भाव छ त्यसप्रति आँच पुग्ने अवस्था छ ।’
\हामिले यतिका साथीका अगाडि कुरा राख्दाखेरि सबैतिर पुगोस र ध्यानाकर्षण होस भनेर कुरा राखेको हो ।’