ताप्लेजुङ – फुङलिङ नगरपालिका ११ फुरुम्बु याफ्रेमा भएको आगलागीमा ४४ लाख ३६ हजार बराबरको क्षति भएको छ । विद्युत सर्ट भएको अनुमान गरिएको आगलागीबाट विद्या प्रसाद सिग्देलको घर पूर्ण क्षति भएको छ ।
वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार बगानबाट टिपेर राखेको १२ मन अलैँची जलेको छ । जसको बजार मूल्य अहिले १० लाख हाराहारीमा छ । सुन २ तोला, चाँदी ३० तोला, नगद ७० हजार सहित १५ मुरी धान, त्यतिनै परिमाणमा मकै, लत्ता कपडा र घर मतान जलेको लिम्बूले जानकारी दिए । घरको मूल्य २० लाख राखिएको छ ।
घरको कुनैपनि सामान निकाल्न नसकिएको परिवारले जनाएका छन् । एक्कासि घर जलेको अवस्थामा देखिएकाले विद्युत सर्ट भएको अनुमान गएको वडाध्यक्ष लिम्बू बताउँछन् । घरमा पाँचजनाको परिवार बसेका थिए ।