ताप्लेजुङ – प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले जिल्लामा सुशासन कायम गर्न र शान्तिसुरक्षा सुव्यवस्थित गर्न आफूले भरपुर प्रयत्न गर्ने बताएका छन् ।
ताप्लेजुङ सरुवा भएर आएपछि बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले जिल्लाको विवादीत विषय मिलाउन राजनीतिक दल, जनप्रतिनिधि र समाजका अगुवाको महत्वपूर्ण भूमिका हुने बताए ।
एक बर्स नहुँदै हुने प्रमुख जिल्ला अधिकारी सरुवाको विषयमा शर्मा पौडेलले यो सरकारको क्षेत्राधिकारको विषय भएको उल्लेख गरे ।
आफुले पनि बहुपहिचानलाई प्राथमिकतामा राखेर पौडेल नलेखी शर्मा लेखेको उनले बताए । जिल्लामा अहिले सबैभन्दा विवादित पाथीभरा केबलकारको विषयमा उनले राजनीतिक दल जनप्रतिनिधिको मुख्य भुमिका हुने उल्लेख गरे ।