१६ पुष २०८१, बुधबार

स्वतन्त्रबाट निर्वाचित खेवाङका वडाध्यक्षकी आमाको चाहना अव पालिका अध्यक्ष (भिडियो)

Logo
Taplejung Press ताप्लेजुङ प्रेस आइतबार, कार्तिक २४, २०८१

ताप्लेजुङ – आफूलाई ताप्लेजुङको बालेनको परिचय दिने सिरिजङ्गा गाउपालिका ७ खेवाङका वडाध्यक्ष बुद्ध दाहालकी आमा इन्द्रमाया दाहालले छोरो गाउपालिका अध्यक्ष भएको हेर्न चाहेको बताएकी छन् ।

स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित छोराले जनताले खोजेजस्तै काम गरेको र यसभन्दा माथि जान चाहेको बताएकी हुन् ।

काङ्ग्रेसले वडाध्यक्षको टिकट नदिएपछि स्वतन्त्रबाट बिजयी बनेका दाहाललेपनि २०८४ को निर्वाचनमा गाउपालिका अध्यक्षको उम्मेद्वार बन्ने चाहना रहेको अभिव्यक्ति दिइरहेका छन् ।

तर, उनको वडामा उपस्थिति कम हुने, सेवाग्राहीलाई घरमै बोलाउने जस्ता गुनासो अधिक रहेको यसअघि गाउँपालिकाले गरेको सार्वजनिक सुनवाईमा उठेको थियो ।

खेवाङ गोल्डकपमा पनि वक्ताहरूले वडाध्यक्षले के गरे भनेर प्रश्न उठाएका थिए । वडाध्यक्ष दाहालले भने खेलकुद लगायतका गतिविधिमा आर्थिक सहयोग उल्लेख्य गरेको र जनताले रुचाएको आमाको दावी छ ।

छोराले केही गर्नु पर्दा बाबुलाई नसोध्ने तर आफूलाई सोध्ने गरेको इन्द्रमाया बताउँछिन् । छोराले पालिका अध्यक्ष जित्नेमापनि उनि बिश्वस्त उनले काग्रेस, एमाले जस्ता पार्टीवाट नउठ्न स्वतन्त्रबाटै उठ्न सुझाव दिनेपनि बताएकि छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066