०९ बैशाख २०८२, मंगलबार

एमालेले वडाध्यक्षमा महिला उम्मेद्वार उठायो, जिते जिल्लाकै एकमात्र महिला वडाध्यक्ष

Logo
Taplejung Press ताप्लेजुङ प्रेस सोमबार, कार्तिक २६, २०८१

ताप्लेजुङ – मंसिर १६ गते हुने उपनिर्वाचनकालागि नेकपा एमालेले सिरिजङ्गा गाउपालिका ३ को वडाध्यक्षमा कुमारी सावदेनलाई उम्मेद्वार चयन गरेको छ ।
भेलाले सावदेनलाई सर्वसम्मत उम्मेद्वार चयन गरेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता सन्तोष चाम्लिङले बताए । भेलामा जिल्ला इन्चार्ज तिलकुमार मेन्याङबो, जिल्ला कमिटी अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे लगायतका जिल्ला पार्टी पदाधिकारी तथा स्थानीय पार्टी कमिटीका पदाधिकारी तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको उनले जानकारी दिए ।
सावदेन २०७४ को निर्वाचनमा वडा सदस्य रहेकी थिइनभने २०७९ को निर्वाचनमा एमालेबाट वडाध्यक्षको उम्मेद्वार बनेकी थिइन । नेपाली काँग्रेस, माओवादी केन्द्र सहितको गठबन्धनका उम्मेद्वार दिलप्रसाद बोखिमले चार मतले पराजित गरेका थिए । दिलप्रसाद वैदेशिक रोजगारका लागि हङकङ गएपछि यहा पद रिक्त भएको हो ।
एमालेमा चारजना आकाङ्क्षी भएपनि अन्तिम छलफलको क्रममा अरुले उनैलाई सर्वसम्मत छोडेको चाम्लिङले बताए । कक्षा १२ सम्मको अध्ययन गरेकी ३५ वर्षीय कुमारीको एक सन्तान रहेका छन् । निर्वाचन जिते उनी जिल्लाकै एक्लो महिला वडाध्यक्ष हुनेछन् । एक नगरपालिका र आठ गाउँपालिकामा गरी ६१ वटा वडा रहेको जिल्लामा सबै वडाध्यक्ष पुरुष छन् । २०७४ को निर्वाचनमा फुङलिङ नगरपालिका ५ र सिरिजङ्गा गाउँपालिका १ सिनाममा गरी दुईजना वडाध्यक्ष रहेका थिए । फुङलिङकि वडाध्यक्ष भिमा ओझा अहिले नगरपालिका उपप्रमुख छन्भने सिनामकी उर्मिला थेवे प्रतिनिधिसभामा सांसद छन् ।
यो वडा सिकैचामा १५ सयको हाराहारीमा मतदाता रहेका छन् । यसअघिको निर्वाचनमा विजेताले ४ सय ३ र उपविजेता सावदेनले ३ सय ९९ मत पाएका थिए । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066