

ताप्लेजुङ – मेरिङदेन गाउपालिका ५ वरकको महेन्द्र आधारभूत विद्यालय लोकतामलाई भूपू प्रधानाध्यापक भीम कुमार सिरेङ चङबाङको परिवारले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् ।
बाल कक्षादेखि ८ सम्मका उत्कृष्ट विद्यार्थीलाई ब्याज रकमबाट पुरस्कृत गर्नेगरी उनको स्मृतिमा कोष स्थापना गरिएको थुकिम्बाका मिगलसिंह केदेमले जानकारी दिए ।
हरेक विद्यार्थीलाई ट्रयाक सुट बितरण गर्न यसवर्ष ५० हजार नगद समेत प्रदान गरेको विद्यालयले जनाएको छ ।
भीमकुमार का परिवार हिमकला लुङहिम साँवा छोरा मिलन, लोचन तथा छोरी बिमला, धनु सिरेङ चङबाङ समेतले विद्यालयलाई नगद हस्तान्तरण गरेका हुन ।