०९ बैशाख २०८२, मंगलबार

पाथीभरामा सङ्कलित एक हजार किलो फोहोर जलाइयो

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, मंसिर ०१, २०८१

ताप्लेजुङ – शनिवार पाथीभरा क्षेत्रको काफ्‌लेपाटी देखि मन्दिर सम्मको फोहोर सङ्कलन गरेर जलाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले आयोजना गरेको वृहत सरसफाइ अभियान अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय नागरिक, पाथीभराका कर्मचारी समेतको उपस्थितिमा फोहोर सङ्कलन गरेर जलाइएको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, गुल्मपति, सशस्त्र प्रहरी प्रमुख प्रहरी निरीक्षक लगायतको समेत सहभागिता रहेको थियो । पाथीभराको उत्पत्तिस्थल मानिएको क्षेत्र सम्मै पुगेर सरसफाइ गरिएको र फोहोर जलाइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताएका छन् । मन्दिरबाट तीन सय मिटर तल झारेर फोहोर जलाइएको हो ।

यहा कार्तिक महिनामा ६१ हजार १ सय ७३ भक्तजन आएका थिए । धेरै भक्तजन आउँदा बढेको फोहोर अभियान सञ्चालन गरेर व्यवस्थापन गरिएको समितिले जनाएको छ । सरसफाइ अभियानमा १ सय ३५ जनाको सहभागिता रहेको समितिले जनाएको छ । पाथीभरामा टाँगेर पुराना भएका ध्वजापताकाहरू, पानीका बोतल, रेडबुलका बोतल, प्लास्टिक लगायतका फोहोर रहेको थियो । फोहोर ओभानो भएकाले जलाउन सहज भएको समितिले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066