०९ बैशाख २०८२, मंगलबार

ताप्लेजुङमा सुरु भयो चासोक तङनाम

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, मंसिर ०१, २०८१

ताप्लेजुङ – नयाँ अन्नबाली चढाउदै प्रकृतिको पुजा गर्ने लिम्बुजातीले शनिबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा चासोक तङनाम पर्व मनाएका छन् । बहुसङ्ख्यक समुदायको बसोबास रहेको जिल्लामा सदरमुकाम फुङलिङको सामुदायिक भवनमा धान, कोदो, मास, मस्याम लगायतका पाकेको अन्नबाली चढाइएको थियो ।

बाली पाक्ने र थन्क्याउने महिनाको रुपमा लिइने मंसिर १ गतेलाई चासोक तङनाम पर्व तोक्नपनि आयोजकले माग गरेका छन् । याक्थुङ चुम्लुङ जिल्ला शाखा अध्यक्ष हाङमाया लेछर्बोले लिम्बुजातीहरु परम्परागत मौलिक युमा धर्म मान्ने प्रकृति पुजकहरुको आफ्नै संस्कार, संस्कृति, भाषा र श्रीजङ्गा लिपि, भेषभुषा तथा पहिचान भएकाले नयाँ बाली पाकेपछि पहिला मेन्न माङ आँखाले नदेख्ने देवता) लाई चोखै चढाउन आजको दिन चासोक तङनाम मनाइएको बताइन ।

चुम्लुङका संयोजक जस बहादुर चेम्जोङको सभापतित्व भएको कार्यक्रममा फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, जिल्ला समन्वय समितिका उप प्रमुख कृष्ण लिंखिम सहायक प्रमुख जिल्ला अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए । केलाङ च्याब्रुङ यालाङ (धान नाच) येबा साम्बा (धामी झाक्री) लगायतका नाचहरु प्रस्तुत गरिएको थियोभने हाक्पारे, ख्याली, तुहा ताम्के, पङलुङ (छेलोहान्ने) तोङली (बाण) हान्ने लगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो ।

परम्परागत भेषभुषामा सजिएका महिला तथा पुरुषहरुले र्याली सहित नगर परिक्रमा गरेका थिए ।साझ कलाकारहरुको उपस्थितिमा सांगीतिक साझको आयोजना गरिएको थियो । रवीन लेछर्बो लिम्बु लगायतका कलाकारले आफ्नो गीतको बिमोचन पनि गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066