०९ बैशाख २०८२, मंगलबार

करेन्ट लागेर घाइते ७ वर्षीया बालिकाको मृत्यु

Logo
Taplejung Press सोमबार, मंसिर ०३, २०८१

ताप्लेजुङ — विद्युत् प्रवाह भइरहेको तार चुँडेर लाग्दा घाइते मैवाखोला गाउँपालिका-३ की ७ वर्षीया बालिका मंसिरी शेर्पाको मृत्यु भएको छ ।

उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार साङ्गे शेर्पाकी छोरी मंसिरी विद्यालयबाट घर फर्किरहेकी थिइन् ।

उनी सरस्वती आधारभूत विद्यालय तुम्बेमा अध्ययनरत थिइन् । घर फर्कने क्रममा उनलाई पोलबाट झरेको तारले लागेको थियो । यो क्षेत्रमा दुईवर्ष अघि पनि यस्तै गरि करेन्ट लागेर एकजनाको ज्यान गएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066