१६ पुष २०८१, बुधबार

ताप्लेजुङका राजनीतिक दल पहिलो पटक निर्वाचनमा एक्लाएक्लै

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, मंसिर ०४, २०८१

ताप्लेजुङ – संघियतापछिका हरेक निर्वाचनमा गठबन्धन गरेका जिल्लाका राजनीतिक दल पहिलो पटक एक्लाएक्लै आमनेसामने हुने भएका छन् । सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनकै लागि चुनावी मैदानमा देखिएका पाचदलका उम्मेद्वारले मनोनयन फिर्ता नलिएपछि पहिलो पटक आफ्नो मत परिक्षण गर्ने भएका हुन् । 

उपनिर्वाचनमा नेपाली काग्रेसबाट भीमकुमार लक्सम्बा लिम्बू, नेकपा एमालेबाट कुमारी साउदेन, नेकपा (माओवादी केन्द्र) बाट अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवीप्रसाद पौडेल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बूको उम्मेदवारी परेको छ । मनोनयन फिर्ता लिने दिनसम्म कुनै न कुनै दल मिल्ने आकलन राजनीति बृत्तमा थियो । तर, बुधवार कसैलेपनि फिर्ता नलिएपछि आफ्नो मत परिक्षण गर्ने तयारी देखिएको हो ।

 २०७९ मा समीकरण गरेका काङ्ग्रेस र माओवादी केन्द्र एकले अर्कालाई छोड्ने विषयमा छलफल गरेका थिए । तर, दुईवर्ष अघिको निर्वाचनमा सबै सदस्य छोडेर वडाध्यक्ष लिएको काङ्ग्रेसले त्यो समीकरण २०८४ सम्म भएको र वडाध्यक्ष आफूलाई सघाउनु पर्ने बताएपछि र माओवादीले निर्वाचित वडा सदस्यलाई राजिनामा गराएर वडाध्यक्षको उम्मेद्वार बनाएकाले आफ्नो पार्टीलाई सघाउनु पर्ने बताएपछि सहमति नभएको स्थानीय नेताले बताएका छन् । 

यसअघिको निर्वाचनमा काँग्रेस, माओवादी केन्द्र र नेकपा एसले गठबन्धन गरेका थिएभने एमाले र लिम्बुवान पार्टी एक्लाएक्लै निर्वाचनमा थिए । वडाध्यक्षमा अहिलेका एमाले उम्मेद्वार कुमारी लाई चार मतले पराजित गर्दै काङ्ग्रेसका दिल विक्रम बोखिम निर्वाचित भएका थिए । २०७४ र ७९ को स्थानीय तह निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066