
ताप्लेजुङ – राजनीति प्रारम्भ गरेको ५० वर्ष पुगेका प्रताप प्रकाश हाङगामले अबको निर्वाचनमा आफू उम्मेद्वार नबन्ने र गृहस्थी जीवन बिताउने बताएका छन् । उनले यतिमात्रै भनेका छैनन्, काँग्रेस सभापति सेरवहादुर देउवाले टेलिफोन गर्दापनि आफूले राजनीतिका विषयमा आफूसँग कुराकानी नगर्नु अरूअरू कुरा गर्नु भनेको दावी गछर्न ।
केही समय अघिमात्रै सदरमुकाम फुङलिङ आएका उनले गणेशबाबु निरौलालाई जिल्ला कार्य समितिको सचिव बनाउन भूमिका खेलेका थिए । काँग्रेस सभापति गजेन्द्र प्रसाद तुम्याहाङले बाहिर देशमा रहेका सचिव नन्द ओझासँग परामर्श सम्म नगरी निरौलालाई सचिव नियुक्त गरेका थिए । त्यो विषय स्वयं हाङगामपनि स्विकाछर्न ।
सदरमुकाम आउँदा पार्टी कार्यालयमा पसिरहने हाङगाम आफ्नो निर्णय गराउन निकै मायुर पनि छन् । अघिल्ला निर्वाचनहरूमा अरुलाई उम्मेद्वार बन्न नदिई आफ्नो मात्रै नाम सिफारिस गराउने उनलाई समानुपातिकमा राख्न निकै हम्मे परेको थियो । समानुपातिकबाट प्रदेश सांसद हुँदै उद्योग मन्त्री सम्म भए । गत निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिक सांसद हुने उनको चाहना थियो । तर लगातार समानुपातिक सिफारिस नहुने काङ्ग्रेसको निर्णयले उनको त्यो चाहना अधुरो रह्यो । २०८४ मा उनले त्यो चाहना पुर्तीकालागि लबिङ गछर्न भन्ने बुझाई काङ्ग्रेसवृत्तमै छ । तर हाङगामले भने त्यो चाहना नभएको मात्रै बताएका छैनन्, ताप्लेजुङ काङ्ग्रेसको राजनीति युवा पुस्तामा गइसकेको दावीपनि गरेका छन् ।
गजेन्द्र प्रसाद तुम्याहाङ सभापति, खगेन सिं हाङगाम निर्वाचन क्षेत्र ख को सांसद हुँदै मन्त्री सम्मको ओहदामा पुगेका र अबको अधिवेशनमा काँग्रेस जिल्ला कार्य समितिको सभापतिको चर्चामा रहेकाले हाङगामको दावी स्वभाविक पनि हो । तर प्रतिनिधिसभा सांसद लिलादेवी बोखिम, पूर्व सभापति केशव प्रसाद दाहाल अहिलेपनि क्रियाशील रहेका छन् । हाङगाम काङ्ग्रेसको देउवा समुहमा छन्भने बोखिम दाहाल शेखर गगन समुहमा छन् ।
ताप्लेजुङका पत्रकार आनन्द गौतमले उनको घरमै गएर लिएको भिडियो अन्तर्वार्तामा उनले आफू अलैँची खेती गर्ने, घर व्यवहार सम्हालेर बस्ने बताएका छन् । तर पार्टीमा आफ्नो आवश्यकता परे उपलब्ध हुने भने बताएका छन् । ‘पार्टीमा केही पर्यो भने खबर गर्नु हुन्छ त्यतिबेला गएर आफूले जानेको सल्लाह दिन्छु’ हाङगामले भनेका छन् ।