

आगामी मङ्सिर १५ देखि २२ गतेसम्म सञ्चालन हुन गइरहेको दोस्रो कञ्चनजङ्घा सेसेलुङ गोल्डकपको कप्तानी मिडफिल्डरमा अनुप सेन्दाङले सम्हाल्ने भएका छन् । आयोजक कञ्चनजङ्घा फुङ्लिङ क्लबले खेलाडिको नाम टुंगो लगाउदै यस्तो वताएको हो ।
विभिन्न प्रतियोगिताको दौरान जिल्लाको प्रतिनिधित्व गर्दै खेलिसकेका खेलाडीहरू तथा ६ जना नयाँ खेलाडीहरूलाई समावेश गर्दै १८ सदस्य टोली घोषणा गरिएको छ । गोलकिपरमा सुहाङ लिम्बू र सुवास तामाङ छानिएका छन् । जङ्गबहादुर गुरुङ ,मञ्जित एङ्देन, विवेक मादेन, पासाङ शेर्पा र पवन लिम्बू फरवार्डमा छनोट भएका छन्।
सविन तामाङ, शिशिर राई ,एलिन लिम्बू, मिडफिल्डरमा रहनेछन् भने । डिफेन्डर लाइनमा प्रनेश गुरुङ ,आशिष लिम्बू, सुनियोजित लिम्बू ,अर्जुन लिम्बू ,सन्तोष गहतराज र रीतिक चङ्बाङ छानिएका छन् । यो संस्करणको प्रतियोगितामा जिल्लाभित्रका खेलाडीहरूलाई मात्रै समावेश गरिएको आयोजक क्लबका अध्यक्ष अशोक थेबेले जानकारी दिए .
उनका अनुसार यसै प्रतियोगिताबाट सुहाङ लिम्बू ,सन्तोष गहतराज, प्रनेश गुरुङ ,पासाङ शेर्पा , एलिना लिम्बू र ऋतिक चङबाङले जिल्लाको सिनियर टिममा डेब्यु गर्दैछन् ।