१९ पुष २०८१, शनिबार

एसइइमा किन चुके सामुदायिक विद्यालय

शैक्षीक क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्नु हुंदैन, म गर्दिन : हाङगाम (भिडियो सहित)

Logo
Taplejung Press आइतबार, आषाढ २३, २०८१

ताप्लेजुङ प्रेस । मेरिङदेन गाउपालिकामा शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप नभएको र हुन नदिन आफु कृयाशिल रहेको गाउपालिका अध्यक्ष युक हां बिर हाङगाम (डम्वर) ले दावी गरेका छन । एसइइ परिक्षामा सामुदायिक बिद्यालयको नतीजा किन कमजोर भयो भन्ने छलफल कार्यक्रममा उनले शिक्षा क्षेत्र कमजोर हुनुमा राजनीतिक हस्तक्षेप पनि एउटा कारण भएको बताए ।

नेपाली काग्रेस जिल्ला कार्य समितिका सचिव समेत उनले आफुलेचाही आफ्नो पालिकामा तेस्तो हुन नदिन कृयाशिल रहेको दावी गरे । पृथ्वी मावि खाम्लुङ लगायत बिभिन्न विद्यालय ब्यवस्थापन समिति गठनमा राजनीतिक हस्तक्षेप हुन खोजेपनि निस्कृय वनाएको वताए ।

सामुदायिक बिद्यालयको सुधारका लागि अभिभावक पनि सचेत बन्नुपर्ने र राज्यको लगानिपनि वढाउनु पर्ने हाङगामको दावि छ । आफ्नो पालिकामा अढाई करोड रुपैंया शिक्षा क्षेत्रमा भएपनि त्यो पर्याप्त नभएको हाङगाम वताउछन ।

आफु हुनेखाने र सम्पन्न बर्गको नभएर सामान्य नागरिकको नेता हुन चाहेको वताउदै त्यो स्तरलाई उठाउन कृयाशिल रहेको दावी गरे ।

सामुदायिक विद्यालयको शिक्षास्तर उठाउने र ग्रामीण क्षेत्रका नागरिकलाई शिक्षा खोज्न बाहिर जान नदिने वातावरण बनाउन आफ्नो ध्यान केन्द्रित हुने हाङगामको दावी छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066