०६ बैशाख २०८२, शनिबार

फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोर्टिङ क्लवको विजय यात्रा शुरु

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, पुष ०६, २०८१

राधा लुइटेल

पॉचथर::फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोर्टिङ क्लवले विजय यात्रा शुरु गरेको छ ।
शनिबार सदरमुकाम फिदिम स्थित फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा प्रतिश्पर्धी भारतको करसाङ फुटबल क्लवलाई हराएसँगै फिदिम स्पोर्टिङ क्ल्वले एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपमा बिजय यात्रा शुरु गरेको हो । यो जीतसँगै अब फिदिम आयोजक क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
पॉचथरको फिदिममा आयोजित फाल्गुनन्द गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटमा दुबै टिमले गोल गर्न नसकेपछि ट्राइबेकरबाट निर्णय लिइएको थियो ।
ट्राइबेकरमा फिदिमले करसाङलाई ४–५ गोल अन्तरले हरायो ।
फिदिम स्पोर्टिङका तर्फबाट आशिष चापागाँई,बिशाल दर्जी,राम वाजी,सुकराज राई र निरोस लिङदेनले गोल गर्नुभयो भने करसाङका तर्फबाट आकाश प्रधान,बिशाल भण्डारी,प्रसान्त क्षेत्री र रुष्टम प्रधानले गोल गर्नुभयो । करसाङका छोङ्ले लामा भने गोल गर्नबाट चुक्नुभयो ।
करसाङका छोङ्लेको गोल रक्षा गरेसँगै  फिदिमका गोल रक्षक मिराक खजुम शनिबारको प्रतियोगितामा उत्कृष्ठ खेलाडी घोषित हुँदै नगद १० हजार सहित पुरस्कृत हुनुभयो ।
आइतबार मछिन्द्र फुटबल क्लव काठमाण्डौ र झापा ११ झापा बिच प्रतिश्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्ल्वका महासचिव पासाङ तामाङले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल पुष १५ गते सम्पन्न गर्ने आयोजक फिदिम स्पोर्टिङ क्ल्वले जनाएको छ ।
फाल्गुनन्द गोल्डकपमा यस वर्ष विजेताले १० लाख ५ सय ५५ रुपैंया र उप विजेताले ५ लाख ५ सय ५५ रुपैंया प्राप्त गर्नेछन ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066