१९ पुष २०८१, शनिबार

एसइइमा किन चुके सामुदायिक विद्यालय

हामी जिम्मेवारीवाट पन्छिदैनौं : महेन्द्र गौतम (भिडियो सहित)

Logo
Taplejung Press आइतबार, आषाढ २३, २०८१

ताप्लेजुङ प्रेश । नेपाल शिक्षक महासंघ ताप्लेजुङका अध्यक्ष एबं सिनाम माध्यमिक बिद्यालयका प्रधानाध्यापक महेन्द्र प्रकाश गौतमले राज्यको बदलिइरहने नीतिका कारण एसइइको नतिजामा असर परेको वताएका छन ।

एसइइको नतिजामा कहा चुके सामुदायिक विद्यालय भन्ने छलफल कार्यक्रममा गौतमले हरेक वर्ष परिवर्तन हुने नीतिले गर्दापनि नतिजा विग्रीएको दावी गरे ।

पहिला ३२ ले पास हुन्थ्यो अहिले ३५ भयो । अहिले दई विषयमा चान्स पाएका समेत गरी ६० प्रतिशत नतिजा आएको छ । यो ताप्लेजुङको हकमा राम्रै नतिजा हो । गौतमले भने ‘काठमाण्डौंका ठुलठुला स्कुलको रिजल्टपनि यही आएको छ’ ।

समग्रमा गतवर्ष पनि हाम्रा नतिजाहरु यस्तै हुन् । चान्स परिक्षा पाउनेमध्ये एक वा दुई विषयसम्म लगाउने बिद्यार्थीको संख्या अधिक रहेको वताउ“दै गौतमले यो नतिजामा हामी (शिक्षकहरु) दोसि छैनौं भन्ने चांही नभएको वताए ।

महामारिनै चल्योभने एउटा मात्रै अछुतो नहुने र यतिवेला सवैले सचेतना अपनाउनु पर्ने उनले वताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066