ताप्लेजुङ – गणेश सिग्देलको नेतृत्वमा कार्य समिति चयन गर्दै निजी विद्यालय अर्गनाइजेसन प्याब्सन ताप्लेजुङको नवौँ जिल्ला अधिवेशन सकिएको छ ।
३४ औं प्याब्सन स्थापना दिवसको अवसर पारेर अधिवेशनको आयोजना गरिएको थियो । समितिको उपाध्यक्षमा देवराज गुरुङ सचिव तरुण भारती, कोषाध्यक्षमा चन्द्र बहादुर मादेन चयन भएका छन् । हरिप्रसाद पौडेल, सरोज थापा, अनुपमा प्रधान सदस्य र खेमराज बराल महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले उद्घाटन गरेको अधिवेशन तथा प्याब्सन डेमा विद्यालय र शिक्षकहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो । जिल्लामा १६ वटा निजी विद्यालय रहेको छ ।