२५ पुष २०८१, शुक्रबार

ताप्लेजुङमा मापसे जाच हुने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, पुष २३, २०८१

ताप्लेजुङ – जिल्लामापनि अव सवारी चालकले मादक पदार्थ सेवन गरेनगरेको स्थलगत रूपमै जाँच हुने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले जिल्ला प्रहरी कार्यालय मार्फत ट्राफिक प्रहरीलाई मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउन ब्रेथलाइजर मेसिन उपलब्ध गराएको छ ।

सदरमुकाम फुङलिङ, मेची राजमार्ग र ग्रामीण सडकमा समेत र पाथीभरा क्षेत्रमा कार्यरत तीर्थालुका सहयोगी भरिया को जाचकालागि दुई ठाउँमा यो मेसिन राखिने प्रहरी नायब उपरीक्षक रबी रावलले जानकारी दिए । पाथीभरामा तीर्थालु बोक्ने भरियाले मादक पदार्थ सेवन गरेर बोकेको गुनासो प्रहरी र क्षेत्र विकास समितिमा आएको थियो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले प्रहरी प्रमुख रावललाई मेसिन हस्तान्तरण गरे । एकथान ब्रेथलाइजर ट्राफिक प्रहरी र अर्को पाथीभराको काफ्लेपाटीमा रहेका पर्यटन प्रहरी केन्द्रमा रहने रावलले जानकारी दिए । यसअघि सवारी चालकले मादक पदार्थ सेवन गरेको उजुरी परेपनि जिल्ला अस्पताल गरेर परिक्षण गर्नुको विकल्प प्रहरीसँगै थिएन ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066