०३ माघ २०८१, शुक्रबार

हाङदेवाका ६ सय ११ विद्यार्थीलाई  ज्याकेट

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, पुष २५, २०८१

ताप्लेजुङ – सोर्स एक्सन नेपालले फुङलिङ नगरपालिका ९ हाङदेवाका ६ सय ११ जना विद्यार्थीलाई प्रति गोटा तीन हजार रुपैंया मूल्यका ज्याकेट वितरण गरेको छ । अध्यक्ष पासाङ शेर्पाले हङकङमा बनाएर ल्याएको राम्रो गुणस्तरको ज्याकेट वितरण गरेको दावी गरे ।

हाङदेवामा जन्मभई हाल समाज कल्याण परिषदको योजना शाखामा कार्यरत रामराज भट्टराईले संस्था र स्थानीय तहबीच समन्वय गराएका थिए । गतवर्ष यहाँको वडाले ज्याकेटकालागि प्रस्ताव पठाएको वडाध्यक्ष लक्षुमन गुरुङले बताए । ‘आफ्नो वडामा विपन्न विपन्न विद्यार्थी संस्थामा आवेदन गर्न भट्टराईले भन्नुभएको थियो,’ वडाध्यक्ष गुरुङले थपे, ‘हामिले सामुदायिक विद्यालयका सबै विद्यार्थीको विवरण पठाएका थियौ अहिले प्राप्त भएर वितरण गर्यौ ।’ जतन गरेर लगाए दुईचार वर्ष थाम्नेगरिको राम्रो ज्याकेट ल्याएको वडाध्यक्षले बताए

पासाङका अनुसार परिषदको अनुमतिमा तीनवर्ष यता देशका १६ हजार विद्यार्थीलाई यस्तो ज्याकेट वितरण गरिएको छ । २३ दुर्गम जिल्लामा पुगेर वितरण गरेको पासाङले बताए । सिन्धुपाल्चोकको बाह्रबिसे छेउमा रहेको गुम्बाका लामा समेत रहेका लामाले दाताहरूबाट सङ्कलित रकमबाट यसरी वितरण गरिएको बताएहामीलाई हङकङ, चिन उताबाट पनि सहयोग आउछ, तस्तो सहयोग यता नपठाएर उतैबाट राम्रो क्वालिटी ज्याकेट बनाएर पठाइदिनु होस भनेर मगाएर वितरण गरेका हौं उनले भने ।

भट्टराईका अनुसार कालिकोट, मुगु लगायतका जिल्लामा अघिल्ला वर्ष वितरण गरेका थिए । चिसोको मौसममा बालबालिकालाई न्यानो बनाउन सहयोग होस भनेर यसरी वितरण गरिएको संस्थाको दावी छ ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066