०३ माघ २०८१, शुक्रबार

साढे ६ हजार दर्शनार्थी पाथीभरा पुग्दा पुस महिनामै उठ्यो २९ लाख भेटी

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, पुष २९, २०८१

ताप्लेजुङ — अधिक चिसो हुने पुस महिनामा पनि पाथीभरा मन्दिरमा पुग्ने तीर्थयात्रीको संख्या उल्लेख देखिएको छ । ६ हजार ४ सय २७ जना तीर्थयात्री मन्दिरमा पुग्दा २९ लाख २५ हजार रुपैयाँ भेटी रकम संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार गत वर्षको तुलनामा यो संख्या बढी हो ।

गत वर्ष ४ हजार ५ सयको हाराहारीमा मात्रै तीर्थयात्री आएको समितिले जनाएको छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा चिसो याममा तीर्थयात्री कम आउने गरेको विगतको तथ्यांक छ । यो समयमा यहाँको तापक्रम माइनस हुने गरेको छ ।

‘आठ/दश वर्षअघिसम्म पुस र माघ महिनामा दर्शनार्थी ठप्पजस्तै हुन्थे,’ पाथीभराका पुजारी डिल्ली आचार्यले भने, ‘पछिल्ला वर्ष हिउँ पनि खेल्न पाइने र माताको दर्शन पनि हुने भन्दै आउने तीर्थयात्रीको संख्यामा वृद्धि भएको छ ।’

पाथीभरामा वार्षिक ३ लाखसम्म तीर्थयात्री आउने र ४ करोड रुपैयाँसम्म भेटी सङ्कलन हुने गरेको पाथीभरा क्षेत्र विकास समितिको दाबी छ ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066