०७ बैशाख २०८२, आइतबार

तमोर मेवा १२८ मेगावाट जिल्ला कोर्डिनेटरको जिम्मेवारी लंवालाई

Logo
Taplejung Press सोमबार, आषाढ २४, २०८१

ताप्लेजुङ प्रेस । स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले ताप्लेजुङ जिल्ला कोर्डिनेटरको जिम्मेवारी डम्वर लंवालाई दिएको छ । लिमिटेडका अध्यक्ष भानेन्द्र लिम्वूले निर्माण कार्य प्रारंभ हुन लागेकाले लंवालाई जिम्मेवारी तोकिएको वताएका हुन । लंवा मेरिङदेन गाउपालिका ४ घर भएका निर्माण ब्यवसायि तथा भलीवलका खेलाडि तथा प्रशिक्षक पनि हुन ।

“आयोजनाको सिलान्यास पनि भइसकेको छ । विद्युत प्राधिकरणसग पावर प्रोसेस एग्रीमेण्ट (पिपिए) पनि भएको छ,” लिम्वूले भने, “अव वढीमा तीन देखि चार महिनामा बिक्तिय ब्यवस्थापनको टुंगो लाग्छ र तत्काल निर्माण प्रारंभ हुन्छ ।” यसअघि कुमारी बैंकको नेतृत्वमा अरु बैंकले लगानी गर्ने भनिएपनि पछिल्लो समय परिवर्तन हुनसक्ने उनले संकेत गरे ।

निर्माणको सम्पूर्ण कामको जिम्मेवारी लंवा र जन सम्पर्कको जिम्मेवारी गोपाल बरालले गर्ने उनले वताए । आयोजना क्षेत्रमा सर्भे लगायतका नियमित काम अहिलेपनि भइरहेको उनको कथन छ ।

मेवा र तमोर नदीको पानीवाट उत्पादन हुने १ सय २८ मेगावाट बिद्युत उत्पादनको काम २०८५ असोज २५ मा सक्नेगरी सरकारले अनुमती दिएको छ । अव सबै प्रकृया पुरा भएको उनको दावी छ । मेरिङदेन गाउपालिकाको खाल्टेवाट मेवाखोलाको पानी तमोरमा मिसाइन्छ । यहावाट साढे दुई किलोमिटर सुरुङवाट मिक्वाखोला १ खोक्लिङको भञ्ज्याङ पुछारमा ल्याएर तमोरमा मिसाइन्छ ।

स्पार्कले भञ्ज्याङमा एउटा पावर हाउस वनाउने प्रस्ताव गरेको थियो । तर सरकारले यो अनुमती नदिएपछि यहा“वाट थप ४७ सय मिटरको सुरुङमार्ग बनाएर फुङलिङ नगरपालिका ३ आगेदिममा झारेर विद्युत उत्पादन हुन्छ । आगेदिमको पावर हाउसपनि अण्डर ग्राउण्डनै हुने भानेन्द्रले वताए ।

यो क्षमताको बिद्युत निर्माणको काम नेपाली ठेकदार कम्पनिलेनै गर्न सक्ने भएकाले स्वदेसी कम्पनिलाईनै दिनेगरिको तयारीपनि भएको लिम्वूले वताए । कोशी प्रदेशमा ठुलो आयोजनाको रुपमा यो आयोजनाको अध्ययन भएको थियो । तर निर्माणमा भने समय लागेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066