०६ बैशाख २०८२, शनिबार

उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको अधिवेशन चैत १५ र १६ गते

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, माघ २९, २०८१

ताप्लेजुङ – उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले चैत १५ र १६ गते जिल्ला अधिवेशन गर्ने भएको छ । तीन वर्ष पुरा भएकै समयमा गर्ने गरी नया“ मिति घोषणा गरेको हो ।
‘हाम्रो कार्यकाल यो फागुनमा पुरा हुदैछ, विधानतः छ महिना थप गर्न मिल्थ्यो तर, आवधिक निर्वाचन समयमै गरौं भनेर मिति तय गरेका छौ’ उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका अध्यक्ष नारान थापाले भने ।
वाणिज्य सङ्घले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव एक सचिव र एक कोषाध्यक्ष गरी सात पदाधिकारी सहित २२ जना निर्वाचित गर्छ । अध्यक्षले पा“च सदस्य मनोनित गर्न पाउने वैधानिक ब्यवस्था छ । सदस्य मध्येबाट एकजना बरिष्ठ उपाध्यक्ष चयन गर्न पाइन्छ । उसको हैसियत अध्यक्ष पछिको वरियता हुने गरेको छ ।
अहिलेसम्म ४ सय ६६ जनाले सदस्यता नवीकरण गरेको वाणिज्य संघका कार्यकारी अधिकृत भिष्मराज बरालले जानकारी दिए । फागुन २५ गतेसम्म ब्यवसायिले आफ्नो सदस्यता नवीकरण गर्न पाउने सुविधा रहेकोपनि वाणिज्य सङ्घले जनाएको छ ।
अघिल्लो अधिबेशनमा निर्बाचन गर्न योग्य सदस्य संङ्ख्या ६ सय ११ रहेको थियो । तर निर्बाचन प्रकृया सुरु भएरपनि सर्बसम्मत नेतृत्व चयन भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066