

ताप्लेजुङ – भूमे ब्यवस्था तथा सहकारी मन्त्रालयले भूमि आयोग ताप्लेजुङको विज्ञ सदस्यमा एमाले जिल्ला कमिटी ताप्लेजुङका सचिव सन्तोष चाम्लिङलाई नियुक्त गरेको छ । यस्तै अर्को सदस्यमा एमालेकै मिना कुमारी केदेमलाई नियुक्त गरेका छ । चाम्लिङ सिरिजङ्गा गाउपालिका ३ सिकैचा र केदेम मिक्वाखोला गाउपालिका ५ पापुङका हुन् ।
आयोगले यस अघिनै नेपाली काङ्ग्रेसका कृष्ण बस्नेतलाई अध्यक्षमा नियुक्तिको निर्णय गरिसकेको छ । अझै एकजना सदस्य चयन हुन बाकी रहेको छ । बाकी सदस्य काङ्ग्रेसको सिफारिसमा नियुक्त हुने जनाइएको छ ।
कति हुन्छ पारिश्रमिक ?
भूमि आयोगमा नियुक्त अध्यक्ष सहितका सबै सदस्यले मासिक पारिश्रमिक पाउने व्यवस्था छ । अध्यक्षका लागि यस पटक मासिक ५२ हजार ४१९ र सदस्यहरुकालागि ४५ हजार ८४० रुपैयाँ तोकिएको छ । यो बाहेक टीएडीए सुविधा दैनिक १६०० रुपैयाँ छ ।
यो सुविधाभने कार्यालयको कामकोलागि हिँडेको बखत मात्रै पाइन्छ । जिल्ला बाहिर वा गाउ जादा गाडी भाडा, खाना खर्च लगायतको प्रयोजनका लागि दिने प्रचलन छ ।
यस अघिको पारिश्रमिक भनेँ अध्यक्षलाई नेपाल सरकारको सहसचिव र सदस्यलाई उप सचिव सो सरहको रहने व्यवस्था थियो । अहिले पद निर्धारण नगरी पारिश्रमिक तोकिएको छ । आयोगले काजमा कार्यालय सहयोगी पाउछन् मालपोतको ३, नापीका सर्भेयर २, अमिनी २ जना सम्पर्कमा रहने प्रावधान छ ।
एकजना कम्प्युटर अप्रेटर आफैले राख्न सक्छन् । विज्ञ सदस्यभने स्नातक तह अध्ययन गरेको र कम्तिमा १० वर्षको कार्यानुभव भएको व्यक्तिलाई नियुक्त गरिन्छ । कुनै कानुनी अड्चन आए न्यायधिकरण गर्ने प्रयोजनकालागि विज्ञ सदस्य राख्ने गरिएको छ ।